4 September ,2026,Friday

वीरगंजमा ‘घर निर्माण मेला’ सुरु, आधुनिक प्रविधि र सामग्रीबारे जानकारी दिने उद्देश्य

अभिलाष गुप्ता
वीरगंज, १९ भदौ  ।

वीरगंजमा घर निर्माणसम्बन्धी सामग्री, प्रविधि तथा सेवाबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले ‘Building Dreams,Creating Opportunities, Connecting Innovation’ नारासहित घर निर्माण मेला बिहीबारदेखि सुरु भएको छ।

ई होम सोलुसनको आयोजनामा वीरगन्जस्थित चिल्ड्रेन पार्कमा सुरु भएको मेलाको उद्घाटन मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेलले गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री पटेलले घर निर्माण केवल संरचना निर्माण गर्ने विषय नभई सुरक्षित, व्यवस्थित र आधुनिक जीवनशैलीसँग जोडिएको विषय भएको बताए। निर्माण क्षेत्रमा भित्रिएका नयाँ प्रविधि, आधुनिक सामग्री तथा नवीन अवधारणाबारे सर्वसाधारणलाई प्रत्यक्ष जानकारी गराउने यस्ता मेलाले उपभोक्ता र व्यवसायीबीचको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

मन्त्री पटेलले स्थानीय स्तरमा उपलब्ध निर्माण सामग्री तथा प्रविधिको प्रवद्र्धनसँगै निजी क्षेत्रको लगानी र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। घर निर्माण गर्न चाहने सर्वसाधारणले एउटै स्थानमा विभिन्न कम्पनीका उत्पादन, प्रविधि तथा सेवाबारे जानकारी लिन सक्ने भएकाले मेला उपयोगी हुने उनले बताए।

मेलामा घर निर्माणसँग सम्बन्धित विभिन्न कम्पनी तथा व्यवसायीहरूले निर्माण सामग्री, आधुनिक प्रविधि, डिजाइन, इन्टेरियर, घर निर्माणका समाधान तथा नवीन उत्पादनहरू प्रदर्शनमा राखेका छन्। सहभागीहरूले निर्माण सामग्रीको गुणस्तर, प्रयोग, मूल्य तथा आधुनिक प्रविधिबारे प्रत्यक्ष जानकारी लिन सक्ने आयोजकले जनाएको छ।

त्यस्तै, निर्माण व्यवसायी, इन्जिनियर, डिजाइनर, प्रविधि तथा निर्माण सामग्रीसँग सम्बन्धित कम्पनी र सेवाप्रदायकबीच सम्पर्क विस्तार तथा व्यावसायिक अवसर सिर्जना गर्ने उद्देश्यसमेत मेलाले राखेको छ। नयाँ प्रविधि र नवप्रवर्तनलाई निर्माण क्षेत्रमा जोड्दै उपभोक्तालाई सहज र आधुनिक विकल्प उपलब्ध गराउनु मेलाको मुख्य विशेषता रहेको आयोजकको भनाइ छ।

उद्घाटन कार्यक्रममा जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सराफ, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, देवेश मानव सेवा लगायत विभिन्न कम्पनीका पदाधिकारी, युवा समाजसेवी तथा स्थानीयको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार मेला बिहीबारदेखि शनिबारसम्म चिल्ड्रेन पार्क, वीरगन्जमा सञ्चालन हुनेछ। मेलामा सर्वसाधारणले घर निर्माणसँग सम्बन्धित विभिन्न उत्पादन तथा सेवाबारे जानकारी लिनुका साथै सम्बन्धित व्यवसायी तथा विशेषज्ञसँग प्रत्यक्ष छलफल गर्न सक्नेछन्।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...