5 September ,2026,Saturday

बाढीपीडित राहतका लागि आदर्श टोल सुधार समाजद्वारा रक्तदान, २ महिला सहित २७ जनाले गरे रक्तदान

अभिलाष गुप्ता
वीरगंज, २० भदौ । आदर्श टोल सुधार समाज, वीरगञ्ज–१६, पर्साले बाढीपीडितको राहत तथा मानवीय सेवामा सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम २ महिला सहित २७ जनाले रक्तदान गरेको छ। कार्यक्रममा जनाले रक्तदान गरेका छन्।

आदर्श टोल सुधार समाज वीरगंजका अध्यक्ष प्रकाश सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज महानगरपालिका–१६ का वडा अध्यक्ष प्रसुराम चौरसिया प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा समाजसेवी प्रकाश उपाध्याय, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका लालबाबु सिंह, समाजसेवी अभिलाष गुप्ता, राजेन्द्र भट्टराई, नवराज भट्टराईलगायतको उपस्थिति रहेको थियो।रक्तदान कार्यक्रममा श्यामसुन्दर गुप्ता, अनिलकुमार रौनियार, रुस्तम अली, बलिराम यादव, रोशन सर्राफ, महेशकुमार मण्डल, अरुण यादव, कौशल पटेल, सत्यमकुमार सहानी, रविप्रसाद साह, राजु पण्डित र उपेन्द्र जयसवाललगायतले रक्तदान गरेका थिए भने रक्त संचार बिरगंजका प्रमुख सौरभराज पाण्डेका टिम द्वारा प्राविधिक सहयोग गरेका थिए।

कार्यक्रमका आयोजकहरूले प्राकृतिक विपद्का बेला बाढीपीडितको सहयोगका साथै आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको व्यवस्थापनमा समेत सहयोग पुग्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताएका छन्। स्थानीयस्तरमा सामाजिक संस्था, जनप्रतिनिधि तथा समाजसेवीहरूको सहकार्यमा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...