5 September ,2026,Saturday

बाढीपीडितको राहत तथा उद्धारका लागि नवदीप एकेडेमीद्वारा ५० हजार सहयोग

वीरगंज, २० भदौ । विपद्को कठिन समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वीरगञ्जस्थित नवदीप एकेडेमीले बाढीपीडितहरूको राहत तथा उद्धारका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ।

विद्यालय परिवारले विद्यार्थी, अभिभावक, शिक्षक तथा व्यवस्थापन पक्षको सहभागितामा उक्त रकम संकलन गरेको हो। संकलित रकममध्ये विद्यार्थीहरूबाट १५ हजार रुपैयाँ तथा शिक्षक र व्यवस्थापन पक्षबाट ३५ हजार रुपैयाँ गरी कुल ५० हजार रुपैयाँ जुटाइएको विद्यालयले जनाएको छ।

विद्यालयले संकलन गरेको उक्त सहयोग रकम प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीलाई हस्तान्तरण गरिएको छ। अध्यक्ष चौधरीमार्फत उक्त रकम बाढी तथा विपद्बाट प्रभावित परिवारको राहत तथा उद्धार कार्यमा प्रयोग गरिने जनाइएको छ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा विद्यालयकी डाइरेक्टर तथा प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साहले विपद्को समयमा पीडित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले विद्यालय परिवारको सामूहिक सहभागितामा सहयोग रकम संकलन गरिएको बताइन्।

उनले विपद्को समयमा पीडितहरूको पीडामा साथ दिनु सबैको सामाजिक तथा मानवीय दायित्व भएको उल्लेख गर्दै विद्यालयले आफ्नो क्षमताअनुसार सहयोग गरेको बताइन्। विद्यालयले आगामी दिनमा पनि मानवीय सेवाका कार्यमा आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिका तथा व्यवस्थापन पक्षका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। विद्यालय परिवारको सामूहिक प्रयासबाट संकलित रकम बाढीपीडितको राहत तथा उद्धारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

विपद्को यस कठिन घडीमा पीडित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले गरिएको सहयोगले मानवीय भावना, सामाजिक उत्तरदायित्व र सामुदायिक सहकार्यको सकारात्मक सन्देश दिएको विद्यालयले जनाएको छ।

‘मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो’ भन्ने भावनाका साथ विद्यालय परिवारले विपद्मा परेका नागरिकलाई सहयोग गर्न सबैलाई आह्वानसमेत गरेको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...