8 September ,2026,Tuesday

१७ वर्षको राजनीतिक यात्रा छाड्दै जय नेपाल पार्टीमा जलेश्वर सर्राफ, संगठन निर्माणको जिम्मेवारी

वीरगंज, २३ भदाै । लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा सक्रिय राजनीति गर्दै आएका जलेश्वर सर्राफ अब डा. धवलशम्शेर राणाको नेतृत्वमा नवगठित जय नेपाल पार्टीमा आबद्ध भएका छन्।

राप्रपामा करिब १७ वर्ष राजनीतिक लगानी गरेका सर्राफले आफूले राजनीतिक जीवनको सुरुवात गरेको पार्टीबाट अलग हुँदै नयाँ राजनीतिक यात्राको सुरुवात गरेको बताएका छन्। राप्रपामा नगर अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्दै सक्रिय राजनीतिमा रहेका सर्राफले अब जय नेपाल पार्टीमा सम्मानजनक जिम्मेवारीसहित आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिने बताएका हुन्।

सर्राफले देशका विभिन्न राजनीतिक कालखण्डमा भएका आन्दोलन तथा संघर्षमा आफ्नो सक्रिय भूमिका रहेको उल्लेख गरेका छन्। विशेषगरी मधेश आन्दोलनलगायतका राजनीतिक गतिविधिमा समेत आफू सक्रिय रहेको उनको भनाइ छ।

जय नेपाल पार्टीले सर्राफलाई केन्द्रीय सदस्यको जिम्मेवारीसहित रौतहट र पर्सा जिल्लामा संगठन निर्माणको पूर्ण जिम्मेवारी दिएको बताइएको छ। नयाँ जिम्मेवारीसँगै पार्टीको संगठन विस्तार, जनसम्पर्क तथा राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउन आफूले विशेष योगदान गर्ने सर्राफले प्रतिबद्धता जनाएका छन्।

सर्राफले जय नेपाल पार्टीमा रहेर पार्टीलाई थप उचाइमा पुर्‍याउन आफ्नो अनुभव, क्षमता र राजनीतिक सक्रियतालाई उपयोग गर्ने बताएका छन्।

जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशम्शेर राणाबारे धारणा राख्दै सर्राफले राणा देश र जनताप्रति जिम्मेवार हुनुका साथै हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा स्पष्ट धारणा राख्ने नेता भएको बताएका छन्। हाल देशमा कायम रहेको गणतान्त्रिक व्यवस्थाप्रति समेत अध्यक्ष राणा कडा असहमति राख्दै आएको सर्राफको दाबी छ।

सर्राफका अनुसार देशको वर्तमान राजनीतिक अवस्थाबाट मुलुकलाई निकास दिँदै नेपाली जनता र भावी पुस्ताको भविष्य सुनिश्चित गर्न जय नेपाल पार्टीले वैकल्पिक राजनीतिक शक्तिका रूपमा भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ।

उनले नेपाल र नेपालीको भविष्य सुनिश्चित गर्न जय नेपाल पार्टीको विकल्प नरहेको दाबी गर्दै पार्टीलाई देशव्यापी रूपमा बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

१७ वर्ष लामो राजनीतिक अनुभव बोकेका सर्राफको जय नेपाल पार्टीमा प्रवेशसँगै पर्सा र रौतहटमा पार्टीको संगठन विस्तारले गति लिने अपेक्षा गरिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...