9 September ,2026,Wednesday

एनवाईईएफ वीरगंज च्याप्टरद्वारा ‘एनवाईईएफ एकेडेमी’ शुभारम्भ

अभिलाष गुप्ता
वीरगंज, २४ भदौ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगंज च्याप्टरले युवा उद्यमीहरूको ज्ञान, सीप तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘एनवाईईएफ एकेडेमी’ शुभारम्भ गरेको छ।

एकेडेमीको पहिलो कक्षा बुधबार वीरगंजमा सम्पन्न भएको हो। पहिलो सत्रमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, वीरगंजका प्रमुख अधिकृत सुनील चौरसिया स्रोत व्यक्ति रहेका थिए। उनले सहभागी युवा उद्यमीहरूलाई वाणिज्य, व्यवसाय सञ्चालनका व्यवहारिक पक्ष तथा उपभोक्ता संरक्षणसम्बन्धी विषयमा महत्वपूर्ण जानकारी र व्यावहारिक ज्ञान प्रदान गरेका थिए।

कार्यक्रमको संयोजन सीए नरेश पटेलले गरेका थिए भने एनवाईईएफ वीरगञ्ज च्याप्टरका अध्यक्ष चन्दन सिंहले समन्वय गरेका थिए।

कार्यक्रममा एनजीसी काठमाडौंका पवित्र गौतम, एनवाईईएफ वीरगंज च्याप्टरका द्वितीय उपाध्यक्ष सुरज रुङ्गटा, स्टार्टअप चेयर अतुल राउतलगायत एनवाईईएफका सदस्य तथा युवा उद्यमीहरूको सहभागिता रहेको थियो।कार्यक्रममा सहभागी अतिथि, एनवाईईएफका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता र सहयोगले पहिलो सत्र सफल बनाउन महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ।

एनवाईईएफ वीरगंज च्याप्टरले ‘एनवाईईएफ एकेडेमी’लाई युवा उद्यमीहरूका लागि निरन्तर सिकाइ, व्यावसायिक विकास, ज्ञान आदान–प्रदान तथा नेतृत्व क्षमता अभिवृद्धिको साझा मञ्चका रूपमा अघि बढाउने जनाएको छ।

एकेडेमी मार्फत युवा उद्यमीहरूलाई व्यवसायका विभिन्न पक्षबारे जानकारी प्रदान गर्नुका साथै उनीहरूलाई भविष्यका चुनौती सामना गर्न सक्षम र व्यावसायिक रूपमा तयार बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

च्याप्टरले पहिलो सत्र सञ्चालन गरी आफ्नो विशेषज्ञता साझा गरेकोमा स्रोत व्यक्ति सुनील चौरसियाप्रति आभार व्यक्त गरेको छ। साथै कार्यक्रममा सहभागी अतिथि, एनवाईईएफका नेतृत्वकर्ता, सदस्य तथा युवा उद्यमीहरूलाई पनि धन्यवाद दिएको छ।

एनवाईईएफ वीरगंज च्याप्टरले युवा उद्यमीहरूको सशक्तीकरणका लागि सिकाइ, नेतृत्व, नेटवर्किङ र सहकार्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा एकेडेमीका गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...