12 September ,2026,Saturday

कञ्चनजंगा स्कुलमा विद्यार्थी परिषद् पदस्थापना तथा बुवा एवं बालबालिका दिवस

अभिलाष गुप्ता
वीरगंज, २६ भदौ । वीरगंजस्थित कञ्चनजंगा इङ्ग्लिस स्कुलको २५ औँ वार्षिकोत्सवको अवसरमा विद्यार्थी परिषद् २०८३ को पदस्थापना समारोह (Investiture Ceremony) तथा बुवा एवं बालबालिका दिवस विविध कार्यक्रमसहित उत्साहपूर्वक सम्पन्न भएको छ।

‘PROMISES TO KEEP…’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा नवनिर्वाचित विद्यार्थी परिषद्का पदाधिकारीलाई पद तथा जिम्मेवारी प्रदान गर्दै विद्यार्थीहरूलाई नेतृत्व क्षमता, अनुशासन तथा ‘For God and Country’ को भावना विकास गर्न प्रेरित गरिएको थियो। परिषद्का सदस्यहरूले विद्यालयको मर्यादा कायम राख्दै इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने शपथसमेत लिएका थिए।

विद्यालयका प्रधानाध्यापक वसन्त बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, माइस्थान क्लबका पूर्वअध्यक्ष राहुल रौनियार, नेत्रहीन क्रिकेट संघ मधेश प्रदेशका अध्यक्ष महेश साह कानु, पत्रकार जाकिर हुसेन, जगत राई, क्रिकेटका राष्ट्रिय प्रशिक्षक एवं रेफ्री फिरोज हुसेनलगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा बुवा दिवसको अवसरमा केक काटिनुका साथै बालबालिका दिवसको अवसरमा विद्यार्थीहरूलाई केक खुवाइएको थियो। विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। अतिथि तथा अभिभावकहरूले विद्यार्थी परिषद् गठनलगायतका कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै विद्यार्थीहरूलाई शुभकामना दिएका थिए।

कार्यक्रमको सहजीकरण विद्यालयका निर्देशक तथा शिक्षाविद् मार्टिन मोक्तानले गरेका थिए। २०५९ सालमा स्थापना भएको कञ्चनजंगा इङ्ग्लिस स्कुलले हरेक वर्ष विद्यार्थी परिषद्मार्फत विद्यार्थीलाई विद्यालय प्रशासन तथा अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै आएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...