अभिलाष गुप्ता
वीरगंज, २६ भदौ । कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनको अवसरमा लायन्स क्लब अफ वीरगंज क्यापिटल, लायन्स क्लब अफ वीरगंज प्रभु, लायन्स क्लब अफ वीरगञ्ज परिवार र लायन्स क्लब अफ वीरगंज कुटुम्बको संयुक्त आयोजनामा ‘अन्नदान कार्यक्रम’ सम्पन्न भएको छ ।
शुक्रबार बिहान वीरगंजस्थित गीतामन्दिर र गहवामाई मन्दिर परिसरमा आयोजित कार्यक्रममा विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई खाद्यान्न वितरण गरिएको थियो ।
कार्यक्रमको संयोजक लायन्स क्लब अफ वीरगंज प्रभुकी अध्यक्ष लायन सरिता सिंह रहेकी थिइन् । कार्यक्रममा लायन्स क्लब अफ वीरगञ्ज परिवारका अध्यक्ष लायन दिगम्बर थापा, लायन्स क्लब अफ वीरगञ्ज क्यापिटलकी अध्यक्ष लायन कविता खड्का, डिस्ट्रीक्ट डिपुटी चिफ लायन सन्जिता प्याकुरेल, रिजन चेयरपर्सन लायन डा. लक्ष्मी थापा, जोन चेयरपर्सन लायन नरोत्तम पाण्डे र डिस्ट्रीक्ट क्याबिनेट अफिसर लायन दिगम्बर गुप्तालगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी लायन्स क्लब अफ वीरगंज पोखरीयाका अध्यक्ष लायन नेजामुदिन समानी, क्यापिटलका सचिव लायन शिवनाथ यादव, क्यापिटलका एलसीआईएफ कोअर्डिनेटर लायन डा. अरविन्द श्रेष्ठ, लायन चन्दन सिंह, मेम्बरसीप चेयरपर्सन लायन निशचल प्रजापति, लायन इश्वरी श्रेष्ठ, प्रभुकी लायन बिन्दिया प्रधान, परिवारका लायन सुदेश लाखे, क्यापिटलका लायन रन्जित यादव र लायन मीनबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
सामाजिक सेवाको उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले विपन्न तथा आवश्यकतामा रहेका समुदायलाई सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ । ‘सेवा विथ प्राइड’को भावनालाई आत्मसात् गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ ।

