12 September ,2026,Saturday

आईविवी अष्ट्रेलियाद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा ५० लाख सहयोग

काठमाडौँ, २६ भदाै। बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आईविवी अष्ट्रेलियाले प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।

आईविवी अष्ट्रेलियाका डायपर तथा बेबी केयर उत्पादनको नेपालका लागि आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्समार्फत उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।

सहयोग रकम हस्तान्तरण गर्दै आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्यूटी कुमारी सर्राफले विपद्को समयमा पीडितलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन्। उपभोक्ता, रिटेलर तथा डिलरहरूको निरन्तर साथ र विश्वासका कारण छोटो समयमै उक्त रकम संकलन गर्न सफल भएको उनले बताइन्।

सर्राफका अनुसार पछिल्ला तीन दिनमा आईविवीका उत्पादन खरिद गर्दा उपभोक्ताले गरेको खर्चलाई आधार बनाएर ५० लाख रुपैयाँ राहत कोषमा जम्मा गरिएको हो।

उनले यो सहयोग कम्पनीको मात्र नभई आईविवीका उत्पादन प्रयोग गर्ने उपभोक्ता, रिटेलर र डिलर सबैको सामूहिक योगदान भएको बताइन्। विपद्को समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...