12 September ,2026,Saturday

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

अभिलाष गुप्ता
वीरगंज, २७ भदौ । प्याब्सन पर्सा र प्याब्सन बीरगन्जको आयोजनामा भएको प्याब्सन स्मार्ट माइन्ड्स २०८३ जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै ओलम्पिक नेसनल एकेडेमीले कुल १५० अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो।

त्यसैगरी एसआर ग्यालेक्सी एकेडेमी १४० अंकसहित दोस्रो, गौतम माध्यमिक विद्यालय ७५ अंकसहित तेस्रो भएका छन्। लिटल एन्जेल्स स्कुल ३५ अंकसहित चौथो तथा मास्कट एकेडेमी ३० अंकसहित सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।

फाइनलमा सहभागी पाँचवटै विद्यालयले यसअघि सम्पन्न विभिन्न समूहका क्वालिफिकेसन राउन्डमा समूह विजेता बन्दै फाइनलमा स्थान सुरक्षित गरेका थिए। प्रतियोगितामा जुनियरतर्फ कुल २९ विद्यालयको सहभागिता रहेको थियो।

फाइनलपश्चात् आयोजित पुरस्कार वितरण समारोह प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र प्याब्सन वीरगन्जका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको थियो।कार्यक्रममा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष इमामुद्दिन अहमद, सल्लाहकार लालबाबु पटेल, प्याब्सन पर्साका सल्लाहकार हरिश्याम ठाकुर, वरिष्ठ उपाध्यक्ष सुशीला साह, उपाध्यक्ष वीरेन्द्र यादव, प्याब्सन वीरगंजका नगर सदस्य विजय बल लगायतको उपस्थिति रहेको थियो। उहाँहरूले विजेता तथा उपविजेता विद्यालयका सहभागीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।

लिटल एन्जेल्स स्कुल, ज्योतिनगरमा सम्पन्न कार्यक्रममा उक्त विद्यालयका प्रधानाध्यापक सन्नी पाख्रिन, प्याब्सन वीरगंजका अध्यक्ष सुरज बाबु पटेल लगायतको पनि उपस्थिति रहेको थियो।

प्रतियोगिताको क्विज सञ्चालन प्याब्सन वीरगंजका सचिव अमित आलोकले गर्नुभएको थियो। प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...