15 September ,2026,Tuesday

डान्डिया उत्सव सिजन–५ को डान्स प्रतियोगिताको फारमबाट उठेको सम्पूर्ण रकम दैवी प्रकोप उद्धार कोषमा

अभिलाष गुप्ता
वीरगंज, ३० भदौ । यस वर्ष आयोजना हुन गइरहेको डान्डिया उत्सव सिजन–५ अन्तर्गतको डान्डिया डान्स प्रतियोगिताको फारमबाट संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिने भएको छ।

मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई प्राथमिकतामा राख्दै आयोजकले प्रतियोगिताबाट प्राप्त हुने सम्पूर्ण रकम विपद् प्रभावित तथा पीडित नागरिकको राहत र उद्धारमा सहयोग पुग्ने गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेको हो।

डान्डिया उत्सवलाई केवल सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका रूपमा मात्र सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यले यस्तो निर्णय गरिएको आयोजकले जनाएको छ। विपद्का कारण प्रभावित भएका नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरूबाट संकलन हुने फारम शुल्कसमेत सामाजिक सेवामा समर्पित गर्ने निर्णय गरिएको हो।

आयोजकका अनुसार डान्डिया डान्स प्रतियोगितामा सहभागी हुने कलाकार तथा प्रतिभाहरूलाई आफ्नो नृत्य प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै कार्यक्रममार्फत संकलित रकम विपद् पीडितको सहयोगमा उपयोग गरिनेछ। यसले मनोरञ्जन र मानवीय सेवाबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

आयोजकले डान्डिया उत्सवमा सहभागी हुन तथा प्रतियोगितालाई सफल बनाउन सबैलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ। सामाजिक सेवाको उद्देश्यसहित आयोजना हुन लागेको यस कार्यक्रमले सांस्कृतिक मनोरञ्जनसँगै समाजप्रतिको दायित्व निर्वाह गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।आयोजक प्रकाश डान्स एण्ड फिटनेस स्टुडियो तथा टिम।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...