अभिलाष गुप्ता
वीरगज, ३१ भदौ । नेपाल अर्बुद रोग निवारण संस्था पर्साको आयोजनामा संस्थाको ४४ औँ स्थापना दिवसको अवसरमा क्यान्सर रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम वीरगञ्जस्थित कञ्चनजंघा इङ्लिस स्कुलमा सम्पन्न भएको छ।
नेपाल अर्बुद रोग निवारण संस्था पर्साकी सभापति उषा शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था पर्साका सभापति एवं केन्द्रीय सदस्य प्रमोद कुमार पौडेल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा कञ्चनजंघा इङ्लिस स्कुलका प्रधानाध्यापक तथा नेपाल क्षयरोग निवारण संस्था पर्साका सदस्य बसन्त बुढाथोकीको विशेष उपस्थिति रहेको थियो।
संस्थाका सदस्य तथा कोषाध्यक्ष उमेश कुमार गुप्ताले कार्यक्रमको संयोजन तथा सहजीकरण गरेका थिए।
कार्यक्रममा विद्यार्थी तथा सहभागीहरूलाई क्यान्सर रोगका कारण, जोखिम न्यूनीकरण, रोकथाम, समयमै पहिचान तथा स्वस्थ जीवनशैलीका विषयमा जानकारी दिइएको थियो। क्यान्सर रोगको उपचारभन्दा रोकथाम र समयमै पहिचान महत्वपूर्ण रहेकोमा जोड दिँदै जनचेतना नै स्वस्थ समाज निर्माणको आधार भएको बताइएको थियो।

