16 September ,2026,Wednesday

राजेशमान सिंहद्वारा पुनः महानगरको नेतृत्व सम्हाल्दै जनताको साथ र सहयोगको अपिल

वीरगंज, ३१ भदौ । विशेष अदालतबाट सफाइ पाएपछि वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बुधबार पुनः पदभार ग्रहण गरेका छन्। महानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा पदभार ग्रहण गर्दै सिंहले महानगरको विकास र नागरिक सेवामा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पदभार ग्रहणपछि बोल्दै प्रमुख सिंहले महानगरपालिकाबाट प्रदान हुने सेवाप्रवाहलाई सहज, छिटो र प्रभावकारी बनाउने आफ्नो प्राथमिकता रहेको बताए। उनले सडक, नाला, खानेपानी, सरसफाइ, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक पूर्वाधारसँग सम्बन्धित समस्याको समाधानलाई प्राथमिकताका साथ अघि बढाउने उल्लेख गरे।

आफूमाथि लगाइएका आरोप तथा विभिन्न माध्यमबाट हुने आलोचनाका विषयमा सिंहले तथ्य र प्रमाणका आधारमा मात्र विषय उठाउन आग्रह गरे। सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना तथा भ्रामक सामग्रीका आधारमा धारणा नबनाउन आग्रह गर्दै उनले आफ्नो कामको मूल्यांकन जनताले नै गर्ने बताए।

उनले आलोचना र सुझावलाई सकारात्मक रूपमा लिने बताउँदै तथ्यसहित उठाइएका प्रश्नको जवाफ दिन आफू तयार रहेको धारणा व्यक्त गरे। महानगरपालिकाको सेवा र विकासका विषयमा रचनात्मक आलोचना आवश्यक रहेको उनको भनाइ थियो।

वीरगंजलाई व्यवस्थित र आधुनिक शहरका रूपमा विकास गर्न जनप्रतिनिधि, कर्मचारी, निजी क्षेत्र, व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी तथा आम नागरिकबीच सहकार्य आवश्यक रहेको सिंहले बताए। उनले महानगरमा सञ्चालित तथा अधुरा योजनाको समीक्षा गरी आवश्यक सुधारसहित अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।

पुनः पदभार ग्रहण गर्दै प्रमुख सिंहले अब विवादभन्दा महानगरपालिकाको काम र नागरिक सेवामा ध्यान केन्द्रित गर्ने बताए। उनले वीरगञ्जवासीसँग साथ, सहयोग र सुझावको अपिल गर्दै जनताको विश्वासलाई जिम्मेवारीका रूपमा लिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...