सही खबर, सही समयमा

पर्सा क्षेत्र नम्बर १ को कार्यवाहक क्षेत्रीय सभापतिको जिम्मेवारी अनिल सिंहलाई

ई-दैनिक जागरण
२०८० श्रावण २१, आईतवार २३:४८

२१ श्रावण २०८०,आईतवार
वीरगन्ज,नेपाली कांग्रेसले पर्सा क्षेत्र नम्बर १ को कार्यवाहक क्षेत्रीय सभापतिको जिम्मेवारी अनिल सिंहलाई दिएको छ ।

कांग्रेस क्षेत्रीय सभापति अरविन्द गुप्ता माथि पार्टीले अनुशासन सम्बन्धि छानबिन गरिरहेकाले पार्टीको केन्द्रीय अनुशासन समितको अर्को आदेश नभइन्जेल सम्मका लागि सिंहलाई कार्यवाहक क्षेत्रीय सभापतिको जिम्मेवारी दिइएको कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले बताएका छन् ।

कांग्रेस पर्साको साउन २१ गतेको निर्णय अनुसार सिंहलाई कार्यवाहक क्षेत्रीय सभापतिको जिम्मेवारी दिइएको क्षेत्रीले बताए ।

आइतबार वीरगन्ज स्थित कांग्रेस पार्टी कार्यालयमा कांग्रेस पर्साका सभापति क्षेत्रीले सिंहलाई कार्यवाहक क्षेत्रीय सभापतिको जिम्मेवारी दिइएको पत्र हस्तान्तरण गरे । त्यसअवसरमा कांग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मी,जिल्ला सचिव इम्तियाज आलम,जिल्ला प्रवक्ता रमेश पाण्डे लगायतको पनि उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?