20 September ,2026,Sunday

वीरगंजमा महरक्तदान शिविर आयोजना, रक्तदानबाट बचाउन सकिन्छ कसैको जीवन

रक्सौल/वीरगंज ०४ असाेज । लायन्स क्लब अफ वीरगंज मेट्रोसिटी, लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्ड तथा तेरापन्थ युवक परिषद्, वीरगंजकाे संयुक्त आयोजनामा महरक्तदान शिविर आयोजना गरिएको छ। वीरगंजस्थित कावेरी स्कुल, लिंक रोडमा बिहान ७ बजेदेखि ११ बजेसम्म शिविर सञ्चालन गरिएको थियो।

कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ वीरगंज मेट्रोसिटीकी अध्यक्ष लायन पिया सिंह तथा लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्डकी अध्यक्ष लायन खुश्बु अग्रवालले संयुक्त रूपमा गर्नुभएको थियो। कार्यक्रममा तेरापन्थ युवक परिषद्, वीरगंजका अध्यक्ष सुनील दुग्गडको पनि सहभागिता रहेको थियो।

शिविरमा प्रमुख अतिथिका रूपमा लायन्स मल्टिपल ३२५ का पीएमसीसी तथा मल्टिपल कोअर्डिनेटर लायन रमेश अग्रवाल र विशिष्ट अतिथिका रूपमा नेपाल प्रहरीका डीएसपी राजु कार्की उपस्थित हुनुहुन्थ्यो। विशेष अतिथिहरूमा लायन्स डिस्ट्रिक्ट ३२५ एसका क्याबिनेट सचिव लायन बसु तिमिल्सिना, डिस्ट्रिक्ट क्याबिनेट पदाधिकारी लायन रितिका जायसवाल तथा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक वैद्य सहभागी हुनुहुन्थ्यो।

शिविरमा सर्वसाधारणलाई अधिकतम संख्यामा सहभागी भई रक्तदान गर्न आह्वान गरिएको थियो। कार्यक्रमको मुख्य उद्देश्य आवश्यकतामा रहेका बिरामीका लागि रगतको उपलब्धता सुनिश्चित गर्नुका साथै नियमित रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।

डीएसपी राजु कार्कीले आयोजक तथा रक्तदाताहरूलाई धन्यवाद दिँदै यस्ता कार्यक्रम समाज र मानवताको सच्चा सेवा भएको बताउनुभयो। नेपाल प्रहरी तथा सरकारबाट आगामी दिनमा पनि आवश्यक सहयोग निरन्तर रहने उहाँले बताउनुभयो।

आयोजकहरूले रक्तदान महादान भएको उल्लेख गर्दै एक व्यक्तिले गरेको रक्तदानले आवश्यकतामा रहेका बिरामीको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। शिविरमार्फत युवाहरू तथा सामाजिक संघसंस्थालाई मानव सेवाका क्षेत्रमा अघि बढ्नसमेत प्रेरित गरिएको छ।

कार्यक्रममा लायन्स क्लब अफ वीरगंज मेट्रोसिटीका सचिव लायन नेल्सन भण्डारी, क्लबका तृतीय उपाध्यक्ष रोबिन श्रेष्ठ, सहसचिव लायन प्रसिद्धि आनन्द सिंहलगायत अन्य पदाधिकारी तथा सदस्यहरूको विशेष सहभागिता रहेको थियो।

आफ्नो सम्बोधनमा लायन पिया सिंहले महरक्तदान शिविरमा रक्तदान गर्ने सम्पूर्ण रक्तदाताप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आम नागरिकलाई आगामी रक्तदान शिविरहरूमा मानव सेवाको भावनाका साथ अधिकतम संख्यामा सहभागी भई रक्तदान गर्न आग्रह गर्नुभयो।

रक्त संकलनमा सहयोग पुर्‍याउने रेडक्रस ब्लड बैंकका अध्यक्ष सौरभ पाण्डे कुमारलगायत सहयोगीहरूप्रति पनि आयोजकहरूले आभार व्यक्त गरेका छन्।

रक्सौलबाट पठाइएको सन्देशमा भारत विकास परिषद्, रक्सौलका अध्यक्ष रजनीश प्रियदर्शी तथा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२२ ई, जोन ४१ का जोन चेयरपर्सन सह डिस्ट्रिक्ट चेयरपर्सन तथा भारत विकास परिषद्, रक्सौलका सेवा संयोजक सह मिडिया प्रभारी सह सामाजिक कार्यकर्ता बिमल सर्राफले महरक्तदान शिविर आयोजना गरेकोमा लायन्स क्लब अफ वीरगंज मेट्रोसिटी, लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्ड तथा तेरापन्थ युवक परिषद्, वीरगञ्जप्रति आभार व्यक्त गर्नुभएको छ। कार्यक्रममा पत्रकार युवराज खड्काको पनि विशेष उपस्थिति रहेको थियो।

उहाँहरूले नेपाल हालै बाढीको विपत्तिबाट प्रभावित भएको उल्लेख गर्दै यस्तो अवस्थामा आयोजना गरिएको रक्तदान शिविरले आवश्यकतामा रहेका तथा घाइते व्यक्तिहरूको उपचारका लागि रगतको उपलब्धता सुनिश्चित गर्न सहयोग पुग्ने बताउनुभयो। यस कार्यक्रमले लायन्स इन्टरनेसनलको मूल मन्त्र “We Serve” अर्थात् “हामी सेवा गर्छौं” भन्ने भावनालाई समेत सार्थक बनाएको उहाँहरूको भनाइ थियो।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...