सखुवाप्रसौनी, पर्सा ०४ असाेज । नेपाली कांग्रेस सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ६ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले महेन्द्र साह कानुलाई वडा सभापतिमा सर्वसम्मत चयन गरेको छ।
निर्वाचन अधिकारी ब्रिजकिशोर महतोको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू समेत सर्वसम्मत रूपमा चयन गरिएको जनाइएको छ।
अधिवेशनबाट शैलेन्द्र यादवसहित २३ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। नवनिर्वाचित वडा सभापति, वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
अधिवेशनमा सहभागी कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले संगठनलाई थप सुदृढ बनाउँदै आगामी दिनमा पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई वडा तहसम्म प्रभावकारी रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।


