सही खबर, सही समयमा

नेपाल खेलकुद पत्रकार महासंघ पर्साको बैठक सम्पन्न,गर्यो तीन महत्वपुर्ण निर्णय

ई-दैनिक जागरण
२०८० श्रावण २२, सोमबार ००:०६

२१ श्रावण २०८०,आईतवार

वीरगन्ज । नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखाको प्रथम बैठक आज सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा महासंघको प्रथम बैठक सम्पन्न भएको हो ।

नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष तिवारी यादवको अध्यक्ष्तामा बसेको बैठकले विभिन्न तीन महत्वपुर्ण निर्णय गरेको महासंघका सचिव श्याम कुशवाहाले जानकारी दिए ।

उनका अनुसार नेपाल खेलकुद पत्रकार महासंघ पर्साको नाम संशोधन गरी नेपाल खेलकुद पत्रकार मन्च पर्सा राख्ने निर्णय गरिएको हो ।

यस्तै अगामी एक महिना भित्र एउटा खेलकुद प्रतियोगीता गर्ने र अगामी २ महिना भित्र प्रथम जिल्ला अधिवेशन गरीने निर्णय भएको उनले बताए ।

बैठकमा नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखा कि उपाध्यक्ष सुष्मा शर्मा,सचिव श्याम कुशवाहा,कोषाध्यक्ष सन्तोष पटेल,सदस्य अर्जुन गुप्ता सहितका सदस्यहरुको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?