24 September ,2026,Thursday

जगन्नाथपुरमा निःशुल्क आँखा शिविर, २६३ जना लाभान्वित

अभिलाष गुप्ता

वीरगंज, ०७ असोज । पर्साको जगन्नाथपुर गाउँपालिकामा सम्पन्न निःशुल्क आँखा शिविरबाट २६३ जना लाभान्वित भएका छन्। तिलगंगा हेटौँडा सामुदायिक आँखा अस्पतालको आयोजना तथा दाइजो एवं सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको सहकार्यमा जगन्नाथपुर गाउँपालिका–४ स्थित ब्रिलियन्ट मोडल इङ्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा शिविर सञ्चालन गरिएको हो।

दाइजो एवं सामाजिक कुरीति विरुद्ध जागरण मञ्चका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न शिविरमा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरमा २६३ जनाको आँखा परीक्षण तथा स्वास्थ्य जाँच गरिएको आयोजकले जनाएको छ।

आँखा परीक्षण गरिएका मध्ये ६९ जना मोतियाबिन्दुका बिरामी भेटिएका छन्। त्यस्तै, आवश्यकताअनुसार ५३ जनालाई औषधि तथा आँखामा प्रयोग गर्ने ड्रप उपलब्ध गराई घर पठाइएको थियो।मोतियाबिन्दुका बिरामीलाई थप उपचारका लागि हेटौँडा लैजाने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। ६९ जना मोतियाबिन्दुका बिरामीलाई यही असोज ७ गते बुधबार आयोजकको आफ्नै सवारीसाधनमार्फत हेटौँडा आँखा अस्पताल लगिने र त्यहाँ उनीहरूको पूर्ण रूपमा निःशुल्क शल्यक्रिया गरिने योजना रहेको जनाइएको छ। शल्यक्रियापछि असोज ९ गते शुक्रबार बिहानै बिरामीहरूलाई पुनः आफ्नै सवारीसाधनमार्फत घर फर्काउने व्यवस्था गरिएको बताइएको छ।

शिविरमा तिलगंगा हेटौँडा सामुदायिक आँखा अस्पतालका नेत्र अधिकृत रमा महत, नेत्र सहायक तारकेश्वर चौधरी तथा कम्प्युटर अपरेटर आरुस स्याङ्ताङको टोलीले आँखा परीक्षण तथा स्वास्थ्यसम्बन्धी सेवा प्रदान गरेको थियो।

कार्यक्रममा ब्रिलियन्ट मोडल इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक अब्दुल कयूम, मुकेश राम, ठाकुर प्रसाद चौधरी, डा. प्रद्युम्न चौधरीलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो।

आँखा रोगको समयमै पहिचान तथा उपचारमा सहयोग पु¥याउने उद्देश्यले आयोजित निःशुल्क शिविरले ग्रामीण क्षेत्रका विपन्न तथा उपचारको पहुँचबाट टाढा रहेका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको आयोजकले जनाएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...