सही खबर, सही समयमा

भन्सार छलीका २४ लाखको गहुँ सहित दुईवटा ट्रयाक्टर प्रहरी नियन्त्रणमा

ई-दैनिक जागरण
२०८० श्रावण २२, सोमबार २१:४१

२२ श्रावण २०८०, सोमबार

वीरगन्ज । पर्साको ग्रामीण नाका प्रयोग गरी भन्सार छली चोरी पैठारी गरी भित्रयाईएको गहु सहित २ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सखुवाप्रसौनी गाउपालिका वडा नम्बर ६ लखनपुर बाट वीरगंज तर्फ आउदै गरेको मे.१ त ४८४८र ना.२ त ४५६८ नम्बरको दुईवटा ट्याक्टरहरू लाई नियन्त्रणमा लिएको हो।

प्रहरीले लखनपुर पुल नजिक चेकजाचको लागी ट्रयाक्टर रोक्ने क्रममा ट्रयाक्टर चालकहरू ट्रयाक्टर छोडेर फरार भएपछी प्रहरीले गहु लोड रहेको दुवै ट्रयाक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।

नियन्त्रणमा लिईएको गहुको बजार मुल्य २४ लाख बराबरको रहेको र थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागी गहु सहित ट्रयाक्टरलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?