30 September ,2026,Wednesday

वीरगंज पब्लिक कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीलाई अभिमुखीकरण

अभिलाष गुप्ता
वीरगंज, १४ असोज । वीरगंज पब्लिक कलेजले बीबीए प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम कलेजको सभाहलमा सम्पन्न गरेको छ।

कलेजको शैक्षिक उत्कृष्टताको २६ औँ वर्षको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण, व्यवस्थापन शिक्षा, व्यावसायिक अवसर तथा नेतृत्व विकासका विषयमा जानकारी गराइएको थियो।

कार्यक्रमको उद्देश्य विद्यार्थीलाई व्यवस्थापन शिक्षासँग परिचित गराउँदै उनीहरूको क्षमता, रुचि र नेतृत्व विकासका सम्भावनाबारे जानकारी प्रदान गर्नु रहेको सहायक क्याम्पस प्रमुख डा. अरविन्द श्रेष्ठले बताए।

कलेजका संस्थापक प्रा. डा. दीपक शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल प्रमुख अतिथिका रूपमा सहभागी थिए।

त्यसैगरी नेपाल युवा उद्यमी मञ्च वीरगंजका अध्यक्ष चन्दन सिंह, नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप तथा नवप्रवर्तन समितिका सदस्य एवं शालिमार पेन्ट्सका प्रबन्ध निर्देशक हेमन्त बैद्य तथा एचपी अग्रवाल समूहका प्रबन्धक धनञ्जय मिश्र विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा कलेजका क्याम्पस प्रमुख डा. विनय श्रेष्ठ, कार्यकारी निर्देशक युगल किशोर प्रसाद, शैक्षिक निर्देशक डा. विनय कुमार ठाकुर, प्राचार्य डा. वसुदेव लाल कर्ण, सहायक क्याम्पस प्रमुख डा. अरविन्द श्रेष्ठ तथा बीबीए संयोजक इन्जिनियर जयकिशन साहनीलगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा कलेजका विभिन्न विभागका प्रमुख, प्राध्यापक तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो। बीबीए प्रथम सेमेस्टरका विद्यार्थीलाई लक्षित गरी आयोजित कार्यक्रममा उच्च शिक्षा, व्यवस्थापन, उद्यमशीलता तथा व्यावसायिक क्षेत्रमा आवश्यक ज्ञान, सीप र नेतृत्व क्षमताका विषयमा जानकारी दिइएको थियो।

कलेजले व्यवस्थापन शिक्षामार्फत विद्यार्थीलाई व्यावसायिक क्षेत्रमा सक्षम बनाउन विभिन्न शैक्षिक तथा व्यावहारिक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। अभिमुखीकरण कार्यक्रमले नयाँ विद्यार्थीलाई कलेजको शैक्षिक प्रणाली, अध्ययनको प्रकृति तथा भविष्यमा उपलब्ध हुने अवसरबारे बुझ्न सहयोग पुगेको जनाइएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...