वीरगंज, १६ असाेज । पर्सा जिल्ला वन पैदावार आपूर्ति समितिको बैठक समितिका अध्यक्ष बलिअर अहमदको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा समितिका पदाधिकारी तथा सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको थियो।
बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि तयार गरिएको वार्षिक कार्ययोजना तथा कार्यक्रममाथि छलफल गर्दै त्यसलाई स्वीकृतिका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
समितिले तयार गरेको वार्षिक कार्ययोजना तथा कार्यक्रमलाई स्वीकृतिका लागि प्रदेश वन निर्देशनालय, जनकपुरधाममा सिफारिससहित पठाउने निर्णयसमेत बैठकले गरेको छ।
बैठकमा वन पैदावारको व्यवस्थित आपूर्ति तथा व्यवस्थापन, उपभोक्ताको हित र आगामी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
बैठकमा समितिका अध्यक्ष बलिअर अहमद, सदस्यहरू निरन्जन साह सोनार, कृष्ण थापा, मुकेश प्रजापति, मिन्टु देवी सिंह र रामनिवास यादव तथा सदस्य–सचिव एवं वन अधिकृत नवनीत मिश्रको सहभागिता रहेको थियो।
त्यस्तै, नि.डि.व.अ. राकेश रंजन दास, वन अधिकृतहरू आरिफ हुसैन र रियाज अहमद अंसारी, लेखा अधिकृत रंजन कुमार कर्ण तथा कम्प्युटर अपरेटर राजिव कुमार श्रीवास्तवको समेत उपस्थिति रहेको थियो।

