1 October ,2026,Thursday

वीरगंजकाे समान अधिकार र विकासका लागि मधेश मेट्रो मुभमेन्टको शान्तिपूर्ण धर्ना

अभिलाष गुप्ता
वीरगंज, १५ असोज । वीरगंजकाे समग्र विकास, समान अधिकार, सामाजिक न्याय तथा राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले मधेश मेट्रो मुभमेन्टले वीरगञ्जको घण्टाघर चोकमा शान्तिपूर्ण धर्ना तथा प्रदर्शन जारी राखेको छ। मुभमेन्टले पर्सावासीलाई कार्यक्रममा सहभागी भई समानता, सम्मान, अधिकार र विकासका लागि एकजुट हुन आग्रह गरेको छ।

मधेश मेट्रो मुभमेन्टका अध्यक्ष राकेश कुमार सहनीसहित डा. नरोत्तम झा, महिला सदस्य रमिता माया गुप्ता, धिरज गुप्ता, अजय साहलगायतको सहभागितामा विगत तीन दिनदेखि घण्टाघर चोकमा शान्तिपूर्ण रूपमा धर्ना दिइँदै आएको हो। मुभमेन्टका अनुसार यो अभियान नौ दिनसम्म सञ्चालन हुनेछ।

अभियानका क्रममा वीरगंजकाे विकास समान अधिकार र न्यायमा आधारित हुनुपर्नेमा जोड दिइएको छ। प्रदर्शनकारीहरूले गुणस्तरीय शिक्षा, सुविधासम्पन्न स्वास्थ्य सेवा, व्यवस्थित सडक तथा ढल व्यवस्थापन लगायतका आधारभूत पूर्वाधारको माग गरेका छन्।

मधेश मेट्रो मुभमेन्टका प्रतिनिधिहरूले वीरगंजकाे विकासमा उपेक्षा नभई समान अवसर र सामाजिक न्याय आवश्यक रहेको बताएका छन्। उनीहरूले ‘उपेक्षा होइन, विकास चाहियो’ र ‘असमानता होइन, सामाजिक न्याय चाहियो’ भन्ने मागसहित शान्तिपूर्ण प्रदर्शनलाई निरन्तरता दिइरहेको बताएका छन्।

मुभमेन्टका अध्यक्ष सहनीका अनुसार अभियानको मुख्य उद्देश्य वीरगञ्ज र पर्सावासीका आवाजलाई राज्यका सम्बन्धित निकायसम्म पुर्‍याउनु हो। पर्सामा शिक्षा, स्वास्थ्य, धार्मिक तथा सांस्कृतिक सम्पदा, सडक, नाला, प्राकृतिक सम्पदा तथा अन्य सार्वजनिक संरचनाको संरक्षण र विकासका लागि सरकारको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गरिएको उनले बताए।

वीरगंजका अस्पताल, कलेज, नारायणी रंगशाला, श्रीसिया नदी लगायतका महत्वपूर्ण पूर्वाधार तथा प्राकृतिक सम्पदाको संरक्षण र विकासमा राज्यले प्राथमिकता दिनुपर्ने मुभमेन्टको माग छ। साथै, पर्सा तथा वीरगञ्जको विकासका लागि विनियोजन हुने बजेटमा कटौती नगर्न र विकासका सवालमा राज्यले बेवास्ता गर्न नहुने उनीहरूको भनाइ छ।

मुभमेन्टले वीरगंजकाे शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण, धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणसहित समग्र विकासका विषयलाई अभियानमा समेटेको जनाएको छ। अभियानलाई शान्तिपूर्ण रूपमा अघि बढाउँदै पर्सावासीको सहभागिता बढाउने र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्य रहेको आयोजकले बताएका छन्।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...