1 October ,2026,Thursday

एक वर्षदेखि हराइरहेकी महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगंज, १५ असाेज । एक वर्षदेखि परिवारबाट सम्पर्कविहीन रहेकी एक महिलाको मानवसेवा आश्रम वीरगंजकाे निरन्तर खोजी तथा समन्वयपछि सफल पारिवारिक पुनर्मिलन भएको छ।

इलाका प्रहरी कार्यालय, प्रसौनी, बाराले उद्धार गरी २०८३ साल असोज ७ गते बुधबार राति करिब १० बजे मानवसेवा आश्रम वीरगञ्जमा ल्याइपुर्‍याएकी ती महिलाको आज परिवार पहिचान भएपछि उनका भाइ सोहन रायको जिम्मा लगाइएको हो।

आश्रमका अनुसार ती महिला भारतको मोतिहारी जिल्ला, राजेपुर थाना, मोहम्मदपुर सागर गाउँकी रहेको खुलेको छ। उहाँ विगत करिब एक वर्षदेखि परिवारको सम्पर्कबाट बाहिर रहनुभएको थियो।

महिलाको परिवार खोजीका लागि मानवसेवा आश्रम वीरगंजले निरन्तर पहल तथा समन्वय गरेको थियो। खोजीका क्रममा परिवारसँग सम्पर्क स्थापित भएपछि आज उहाँलाई भाइ सोहन रायको जिम्मा लगाउँदै पारिवारिक पुनर्मिलन गराइएको हो।

मानवसेवा आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ताले उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार परिवारसँग पुनः भेट गराउन सक्नु मानवसेवा आश्रमको उद्देश्य र सेवाकार्यको महत्वपूर्ण उपलब्धि हो।

उद्धार कार्यमा सहयोग गर्ने इलाका प्रहरी कार्यालय, प्रसौनी, बारा, मानवसेवा आश्रम वीरगञ्ज तथा परिवार खोजीका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने सामाजिक अभियन्ता विनय कुमार लगायत सम्पूर्ण सहयोगीप्रति आश्रमले आभार व्यक्त गरेको छ।

मानवसेवा आश्रमले सडक तथा सार्वजनिक स्थानमा अलपत्र अवस्थामा भेटिएका व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार तथा परिवार पहिचान गरी पुनर्मिलन गराउँदै आएको छ।

एक वर्षदेखि परिवारबाट टाढा रहेकी महिलालाई पुनः आफ्ना आफन्तसँग जोड्न सकिएको घटनालाई आश्रमले मानवसेवाको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...