1 October ,2026,Thursday

कांग्रेस २ मा चौरसियाको सिन्डीकेट हाबीः २८ जनाले दिए सामुहिक राजीनामा

वीरगंज, १५ असाेज । नेपाली कांग्रेस वीरगंज महानगरपालिका वडा नम्बर १० का २८ जना नेता तथा कार्यकर्ताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका छन्। पार्टीभित्र सिमित व्यक्तिको सिन्डीकेट हाबी भएको र लामो समयदेखि पार्टीमा योगदान दिएका व्यक्तिहरुको कदर नभएको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ।

राजीनामा पत्रमा उनीहरूले वि.सं. २०४६ को जनआन्दोलनपछि प्रजातन्त्रमा पहिलो बुथ समितिको सभापति भएर पार्टीको नेतृत्व गर्दै आएको तथा विभिन्न स्थानीय निर्वाचनमा सक्रिय सहभागिता जनाउँदै आएको स्मरण गरेका छन्। वीरगंज उपमहानगरपालिका हुँदै महानगरपालिकाको परिवेशमा समेत पार्टीका नीति–नियम अनुसार आफूहरूले कर्तव्य निर्वाह गर्दै आएको पत्रमा उल्लेख छ।

पार्टीभित्र लामो समयदेखि देखिएका बेथिति सुधार गर्नुको सट्टा केही व्यक्तिबाट नातावाद, कृपावाद र परिवारवाद प्रवृत्ति बढ्दै गएपछि बाध्य भएर राजीनामा दिनुपरेको राजीनामा दिएका तिलक कुमार साहले बताए। राजीनामा दिएका सबै नेताहरु वीरगञ्ज महानगरपालिका वडा न. १० का हुन्। जुन पर्साको क्षेत्र न. २ मा पर्दछ। यस क्षेत्रका नेता हुन् पूर्व सांसद अजय चौरसिया। राजीनामा दिएका नेताहरुका अनुसार पार्टीभित्र चौरसियाको वर्षाैदेखि सिन्डिकेट चलेको छ।

आाफूलाई पार्टीको ह्यावी वेट नेता दाबी गर्दै आएका चौरसियाले वर्षाैदेखि क्षेत्रमा आफ्नै आसेपासेहरुलाई पदमा राखेर हैकमबादी जमाउँदै आएका छन्। यसअघि पनि परिवर्तनको नारालाई आत्मसाथ गर्न नसकेका चौरसियाले यस वर्षको अधिवेशनमा पनि आफ्नै पुरानै मान्छेहरुलाई प्राथमिकतामा राखेको आरोप छ। खुला छलफल नै नगरी कोठे बैठकबाट पदाधिकारी टुंगो लगाएको भन्दै पार्टीका नयाँ पुस्ताका नेताहरु असन्तुष्ट छन्।

लामो समयदेखि पार्टीमा लागेकाहरुलाई सम्मानजनक व्यवहार तथा पदस्थापन गर्न नसकेका चौरसिया अँझै पनि आफ्नै सिन्डीकेट चलाइरहेका छन्। गैरजिम्मेवार र रवाफी रवैयाका कारण २८ जना ईमान्दार कार्यकर्ताहरुले पार्टी छोड्नुपरेको विश्लेषकहरुको बुझाई छ।

पार्टीको शीर्ष तहमा आएको परिवर्तनलाई भुईतहसम्म महशुस नै नहुने गरि काम गर्न खाजिएको समेत आरोप छ । आफ्नो वर्चस्व समाप्त हुने त्रासका कारण क्षेत्रमा चौरसियाले आफू बाहेककालाई अवसरबाट निरन्तर वञ्चित गराईरहेका छन् ।

क्षेत्रमा नयाँ पुस्ताका नेताहरु सक्रिय नहोउन् भन्ने अडानले ग्रसित चौरसियाले लोकतान्त्रिक प्रणाली विरुद्ध आफ्नै आसेपासेहरुसँग बसेर सर्वसहमतीमा पदाधिकारी चयन गरेको आरोप छ। चौरसियाले आफू विरुद्धमा जानेहरुलाई हेर्नै नसक्ने र क्षेत्रमा आफ्नै शासन चलोस् भन्ने हेतुले आफ्ना आसेपासेलाई नै च्यापेर हिँड्ने गरेको नाम नबताउने शर्तमा एक नेताले बताए। उनका अनुसार यहि रवैया हाबी भए पार्टी तफ जर्जर हुँदै जानेछ ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...