राजन कुमार बानिया
पर्सा,१८ असाेज । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) धोबिनी गाउँपालिका उपसभापति राजु पटेलसहित पर्सा जिल्ला टोलीले पार्टीका केन्द्रीय सभापति रवि लामिछानेसँग संगठन विशेष भेटघाट तथा महत्वपूर्ण छलफल गरेको छ।
भेटघाटका क्रममा समग्र संगठनलाई थप व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउँदै आगामी दिनमा जनतामाझ अझ मजबुत रूपमा प्रस्तुत हुने विषयमा केन्द्रित रहेर विभिन्न विषयमा छलफल भएको जनाइएको छ।
संगठन विस्तार, आगामी कार्यदिशा तथा जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको बताइएको

