4 October ,2026,Sunday

प्रहरी र कानूनका विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

वीरगंज, १८ असाेज । जिल्ला प्रहरी कार्यालय, पर्साको आयोजनामा वीरगंजस्थित Birgunj School of Law (BSL) मा अध्ययनरत विद्यार्थीहरूसँग अपराध अनुसन्धान, कानून कार्यान्वयन तथा प्रहरी–नागरिक सहकार्यलगायतका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय, पर्सास्थित नागरिक सहायता कक्षमा आयोजित कार्यक्रममा BSL का शिक्षक डक्टर हरेराम ठाकुरको नेतृत्वमा विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो।

प्रहरी नायब उपरीक्षक चक्र मल्लको उपस्थितिमा सम्पन्न कार्यक्रममा अपराध अनुसन्धान, कानून कार्यान्वयन, प्रहरी सेवा, नागरिकका अधिकार तथा कर्तव्य एवं प्रहरी–नागरिकबीचको सहकार्यका विषयमा अन्तरक्रिया तथा छलफल गरिएको थियो।

कार्यक्रममा शिक्षकसहित जम्मा २१ जनाको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।

अन्तरक्रियामार्फत कानून अध्ययनरत विद्यार्थीलाई प्रहरीको कार्यप्रणाली, अपराध अनुसन्धान तथा कानून कार्यान्वयनसम्बन्धी व्यावहारिक जानकारी प्रदान गर्नुका साथै प्रहरी र नागरिकबीचको सहकार्य तथा सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको थियो।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...