8 October ,2026,Thursday

नगर प्रमुख सिंहको निर्देशनमा वडा अध्यक्ष चौरसियाको पहल, घरदैलोमै सामाजिक सुरक्षा भत्ता नवीकरण

वीरगंज, २१ असाेज। वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको निर्देशनमा वडा नं. ५ ले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने तर वडा कार्यालयसम्म पुग्न नसक्ने अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राहीका लागि घरदैलोमै बायोमेट्रिक नवीकरण सेवा प्रदान गरेको छ।

वडा नं. ५ का वडा अध्यक्ष प्रदीप चौरसियाको पहल तथा समन्वयमा सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै VERSP-MIS अन्तर्गत घरदैलोमै बायोमेट्रिक नवीकरण सेवा सञ्चालन गरिएको हो।सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि अशक्त तथा ज्येष्ठ नागरिकलाई वडा कार्यालयसम्म पुग्न कठिन हुने भएकाले उनीहरूलाई घरमै सेवा दिने व्यवस्था गरिएको वडा अध्यक्ष चौरसियाले बताए। महानगरपालिकाले सेवाग्राहीलाई सहज, सरल र पहुँचयोग्य सेवा उपलब्ध गराउने उद्देश्यअनुसार घरदैलो सेवामा जोड दिएको जनाएको छ।

घरदैलो सेवा सञ्चालनका क्रममा महानगरपालिकाको पञ्जीकरण शाखा प्रमुख बुद्धिमाया थापा, अमृता साह, वडा सचिव अरुण बस्नेत, कम्प्युटर अपरेटर करिना श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।त्यसैगरी वडा सदस्यहरू सन्जु दाहाल, मनोज साह, मन्जु परियार र रुस्तम अलि लगायतको उपस्थितिमा लक्षित सेवाग्राहीहरूको बायोमेट्रिक नवीकरण कार्य सम्पन्न गरिएको हो।

घरमै पुगेर सेवा पाएपछि अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटेको छ। वडा नं. ५ ले आगामी दिनमा पनि आवश्यकताअनुसार सेवाग्राहीमैत्री घरदैलो सेवा सञ्चालन गर्ने जनाएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...