वीरगंज, २८ असाेज । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले आज वीरगंज महानगरपालिकासँग आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ।
टोलीले महानगरपालिकाको हालसम्मको आर्थिक अवस्था, आय–व्यय विवरण, सञ्चित कोष तथा बैंक मौज्दात, आन्तरिक राजस्व, संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, विकास तथा पुँजीगत खर्च, भुक्तानी दिन बाँकी दायित्व र लेखापरीक्षण प्रतिवेदनसम्बन्धी प्रमाणित विवरण उपलब्ध गराउन माग गरेको हो।
सार्वजनिक बजेट र नागरिकको करबाट संकलित रकमको उपयोग पारदर्शी हुनुपर्नेमा जोड दिँदै टोलीले महानगरपालिकाको वास्तविक आर्थिक अवस्था नागरिकसमक्ष स्पष्ट हुनुपर्ने जनाएको छ।
जेन जि पर्साले सुशासन, आर्थिक पारदर्शिता र सार्वजनिक जवाफदेहिताका लागि आफ्नो निगरानी तथा खबरदारी जारी राख्ने जनाएको छ।

