18 October ,2026,Sunday

वीरगंजका बिचित कुमार सिंहको संयोजक्तवमा नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर, १ हजार ३५० जनाले गराए स्वास्थ्य परीक्षण

‘सेवा परमो धर्मः’ नारासहित भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आवश्यक औषधि पनि निःशुल्क वितरण

वीरगंज, ३१ असाेज ।  ‘सेवा परमो धर्मः’ अर्थात् मानवको सेवा नै ईश्वरको सेवा हो भन्ने नाराका साथ सामाजिक तथा मानवीय सेवामा सक्रिय वीरगंजका बिचित कुमार सिंहको संयोजक्तवमा नुवाकोटको विदुर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

 सञ्चालन भएको उक्त शिविरमा १ हजार ३५० जना स्थानीयले स्वास्थ्य परीक्षण गराएका छन्। ह्युमन कन्सर्न युएसए र हेक्ट (HECT) नेपाल संस्थाको समन्वय तथा सहआयोजनामा शिविर सञ्चालन गरिएको हो।

विदुर नगरपालिका–३ स्थित खड्गभञ्ज्याङ स्वास्थ्य चौकीमा तीन दिन र देवीघाटस्थित रणभुवनेश्वरी विद्यालय परिसरमा दुई दिन गरी पाँच दिनसम्म शिविर सञ्चालन गरिएको थियो। शिविरमा हाडजोर्नी, स्त्रीरोग, बालरोग, मनोचिकित्सा तथा सामान्य स्वास्थ्यसम्बन्धी परीक्षण र परामर्श प्रदान गरिएको थियो।शिविरमा काठमाडौंस्थित सिभिल अस्पताल तथा व्योधा अस्पतालका वरिष्ठ चिकित्सक र स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। शिविरमा डा. रमेश पन्त, डा. शान्ति भट्ट,   डा. अभिषेक झा, डा. प्रज्वल थापा र डा. नारनराज खड्कालगायत चिकित्सकहरूले बिरामीको स्वास्थ्य परीक्षण तथा उपचारमा सेवा दिएका थिए। परीक्षणपछि आवश्यक पर्ने बिरामीलाई औषधिसमेत निःशुल्क वितरण गरिएको थियो।

संयोजक सिंहका अनुसार भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाले भौगोलिक विकटता, स्वास्थ्य संस्थासम्म पुग्न लाग्ने समय तथा आर्थिक कठिनाइका कारण सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै स्थानीय बस्तीसम्मै पुगेर शिविर सञ्चालन गरिएको हो।मानवीय तथा सामाजिक सेवामा निरन्तर योगदान गर्दै आएका सिंहले आगामी दिनमा पनि अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय र सहकार्य गरी स्वास्थ्य सेवाको पहुँच कम भएका तथा आवश्यकतामा रहेका क्षेत्रमा यस्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिएका छन्।

स्थानीय स्तरमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि प्राप्त भएपछि शिविरबाट लाभान्वित स्थानीय बासिन्दालाई राहत पुगेको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...