25 October ,2026,Sunday

Human Love Charity Fund द्वारा ‘शिक्षा साथ अभियान’ अन्तर्गत निःशुल्क कक्षा सञ्चालनको शुभारम्भ

धोबिनी, पर्सा ०८ कार्तिक । शिक्षा सबै बालबालिकाको नैसर्गिक अधिकार हो र आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ Human Love Charity Fund ले सञ्चालन गर्दै आएको ‘शिक्षा साथ अभियान’ अन्तर्गत निःशुल्क कक्षा सञ्चालन कार्यक्रमको आज धोबिनी गाउँपालिका–५, टोल धोबिनीमा औपचारिक उद्घाटन गरिएको छ।

संस्थाका प्रमुख सल्लाहकार मुकेश प्रसाद पटेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा धोबिनी गाउँपालिका–५ का वडा अध्यक्ष मनौवर अहमद उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको उद्घोषण संस्थाका सदस्य विकास कुमार साहले गर्नुभएको थियो भने संस्थाका वित्तीय प्रमुख सल्लाहकार एमडी खालिद जियाले उद्घाटन सत्रमा मन्तव्य राख्नुभएको थियो।

यस अभियानलाई सफलतापूर्वक सञ्चालन गर्न शिक्षिका अमृता कुमारी साह र अस्मिता कुमारी साहले संस्थासँग सहकार्य गर्दै निःशुल्क शिक्षण सेवा प्रदान गर्ने जिम्मेवारी लिनुभएको छ। कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, संस्थाका सदस्यहरू तथा विद्यार्थी भाइबहिनीहरूको उपस्थिति रहेको थियो।Human Love Charity Fund ले शिक्षा, स्वास्थ्य, गरिब तथा असहाय परिवारको सहयोग, विपद् प्रभावितलाई राहतलगायतका सामाजिक सेवाका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ। चार सयभन्दा बढी परिवारलाई सहयोग पुर्‍याइसकेको संस्थाले अब शिक्षाको पहुँच विस्तारलाई थप प्राथमिकतामा राख्दै ‘शिक्षा साथ अभियान’ अघि बढाएको छ।

यस अभियानअन्तर्गत संस्थाले आवश्यकताअनुसार विभिन्न गाउँ, टोल तथा सहरमा निःशुल्क कक्षा सञ्चालन गर्ने लक्ष्य लिएको छ। विशेषगरी प्रारम्भिक तहका बालबालिकाको सिकाइलाई बलियो बनाउने उद्देश्यले सञ्चालन गरिने कक्षामा सहभागी विद्यार्थीहरूलाई संस्थाको तर्फबाट निःशुल्क कापी, किताब, कलम तथा अन्य आवश्यक शैक्षिक सामग्री उपलब्ध गराइनेछ। यी कक्षाहरूमा सहभागी हुन विद्यार्थीहरूले कुनै शुल्क तिर्नुपर्ने छैन।

संस्थाको विश्वास छ—शिक्षामा गरिएको सहयोग नै बालबालिकाको भविष्य निर्माणमा गरिएको लगानी हो। त्यसैले यो अभियान केवल कक्षा सञ्चालनमा सीमित नभई शिक्षाप्रति जागरूकता फैलाउने, बालबालिकालाई सिकाइमा प्रोत्साहित गर्ने र समाजमा शिक्षामैत्री वातावरण निर्माण गर्ने उद्देश्यसहित अघि बढाइएको छ।

Human Love Charity Fund ले आगामी दिनमा पनि समाजका आवश्यकता पहिचान गर्दै मानवता, सेवा र समान अवसरको भावनाका साथ यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...