28 October ,2026,Wednesday

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन ४.०’, २५० भन्दा बढी विद्यार्थीलाई कानुनी सचेतना

वीरगंज, १० कार्तिक । विद्यार्थीहरूलाई कानुन, संविधान, मौलिक हक तथा नागरिकका अधिकार र कर्तव्यबारे सचेत बनाउने उद्देश्यले पर्सामा ‘लिगल भ्वाइस क्याम्पेन ४.०’ सुरु भएको छ।

तराई मधेश कानून विद्यार्थी समाज (TM LSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै आएको अभियानको चौथो संस्करण अन्तर्गत कात्तिक ९ गतेदेखि पर्सामा कार्यक्रम सुरु गरिएको हो।

अभियानको पहिलो दिन पर्सा टोलीले चारवटा विद्यालयमा छ वटा कानुनी सचेतनामूलक सत्र सञ्चालन गरेको छ। साउथजोन सेकेन्डरी स्कुलमा तीनवटा तथा गोल्डेन फ्युचर, हिमालयन पिरामिड र मेरिगोल्ड सेकेन्डरी स्कुलमा एक–एकवटा सत्र सञ्चालन गरिएको थियो। पहिलो दिनमै २५० भन्दा बढी विद्यार्थीलाई कानुनी सचेतना प्रदान गरिएको पर्सा टोलीका संयोजक रवि मिश्रले जानकारी दिए।
कार्यक्रममा रवि मिश्र, किरण गुप्ता, आदर्श गुप्ता, आलोक शर्मा, जय गुप्ता, सुरज शाह, रोशन यादव र प्रियंका शाहले स्रोत व्यक्तिका रूपमा सहजीकरण गरेका थिए।

अभियानमार्फत विद्यार्थीलाई नेपालको संविधान, मौलिक हक, कानुनी प्रावधान तथा नागरिकका अधिकार र कर्तव्यबारे जानकारी गराउनुका साथै नेतृत्व विकास, संसदीय अभ्यास र लोकतान्त्रिक प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गर्ने लक्ष्य राखिएको छ।

कानुनी शिक्षालाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी व्यवहारसँग जोड्दै सचेत, जिम्मेवार र सक्षम नागरिक निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ।

पहिलो दिन विद्यार्थीको उत्साहजनक सहभागिता देखिएपछि पर्सा टोलीले जिल्लाका अन्य विद्यालयमा समेत अभियानलाई निरन्तरता दिँदै कानुनी सचेतना विस्तार गर्ने लक्ष्य लिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...