29 October ,2026,Thursday

जगन्नाथपुरमा रास्वपाद्वारा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता
वीरगंज, ११ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्साको जगन्नाथपुर गाउँपालिका–६, बहुअर्वा प्रसौनीमा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागितामा आयोजित कार्यक्रममा पर्वको शुभकामना साटासाट गर्नुका साथै पार्टीको राजनीतिक गतिविधि, सरकारका कामकारबाही र आगामी स्थानीय तह निर्वाचनका विषयमा समेत चर्चा गरिएको थियो।

जगन्नाथपुर गाउँपालिका सभापति पशुराम साह कानुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य रमाकान्त चौरसिया प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू सुशील कुमार कानु, टेकबहादुर साक्य र सुनिता चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले दीपावली तथा छठ पर्वको अवसरमा सम्पूर्ण क्षेत्रवासीलाई शुभकामना व्यक्त गरे। उनले पर्वहरूले समाजमा आपसी सद्भाव, एकता, भाइचारा र सहकार्यको भावना बलियो बनाउने उल्लेख गर्दै सबैलाई मिलेर पर्व मनाउन आग्रह गरे।

कानुले आगामी स्थानीय तह निर्वाचनमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’ मा मतदान गर्न आग्रह गरे। उनले रास्वपाको नेतृत्वमा रहेको वर्तमान सरकारका कामकारबाही, गतिविधि तथा उपलब्धिबारे चर्चा गर्दै सरकारका प्रयास र कार्यसम्पादनसम्बन्धी आफ्ना धारणा राखेका थिए।कार्यक्रममा रास्वपा पर्साका जिल्ला उपसभापति दिलीप कुमार कुर्मी, जिल्ला सदस्य प्रियंका पटेल, क्षेत्र नम्बर ३ का सभापति प्रदीप जैसवाल, क्षेत्र नम्बर २ का सभापति फैयाज मियाँ र क्षेत्र नम्बर ४ का सभापति जितेन्द्र मिश्राको उपस्थिति रहेको थियो।

त्यसैगरी, ठोरी गाउँपालिका सभापति माधव बस्नेत, जिराभवानी गाउँपालिका सभापति रमाकान्त चौधरी, धोबिनी गाउँपालिका सभापति सुदिल पटेल, छिपहरमाई गाउँपालिका सभापति उमेश यादव, बिन्दवासिनी गाउँपालिका सभापति विनोद चौरसिया र सखुवा प्रसौनी गाउँपालिका सभापति शम्भु यादव पनि कार्यक्रममा सहभागी भएका थिए।

मधेस प्रदेशका शिक्षा उपप्रमुख सोनालाल पटेलको समेत उपस्थिति रहेको कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान गरेका थिए। कार्यक्रमले स्थानीय तहमा पार्टीका नेता तथा कार्यकर्ताबीच आपसी समन्वय र भेटघाटको अवसर प्रदान गरेको थियो।

कार्यक्रममा जगन्नाथपुर गाउँपालिका–६ का निर्वाचित वडाध्यक्ष रामअयोध्या पटेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए। उनले कार्यक्रममा सहभागी अतिथि तथा उपस्थित सबैलाई स्वागत गरेका थिए। कार्यक्रमको सञ्चालन दिनेश पटेलले गरेका थिए।

रास्वपाले आयोजना गरेको उक्त कार्यक्रम दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदानसँगै स्थानीय स्तरमा पार्टीका गतिविधि र राजनीतिक विषयमा विचार आदानप्रदान गर्ने अवसरका रूपमा सम्पन्न भएको थियो।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...