21 November ,2026,Saturday

सञ्चार क्षेत्रको विकासमा योगदान पुर्‍याएका निरञ्जन मिश्र पर्सा मिलन केन्द्रद्वारा सम्मानित

वीरगंंज, ०५ मंसिर । पर्सा जिल्लामा लामो समयदेखि सञ्चार क्षेत्रको विकास, विस्तार तथा प्रवर्द्धनमा समर्पित रही उल्लेखनीय र प्रशंसनीय योगदान पुर्‍याउनुभएका सञ्चारकर्मी निरञ्जन मिश्र सम्मानित हुनुभएको छ।

पर्सा जिल्लाको सञ्चार क्षेत्रलाई थप सशक्त, व्यवस्थित तथा प्रभावकारी बनाउन निरन्तर सक्रिय रहँदै आउनुभएका मिश्रले आफ्नो कर्म, लगनशीलता र योगदानमार्फत जिल्लाको गौरव अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको भन्दै उहाँलाई सम्मान गरिएको हो।

पर्सा मिलन केन्द्र, काठमाडौंले मिश्रले सञ्चार क्षेत्रमार्फत समाज र जिल्लाको पहिचान स्थापित गर्न पुर्‍याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान-पत्र प्रदान गरेको जनाएको छ।

विक्रम संवत् २०८३ साल मंसिर ५ गते शनिबार काठमाडौंमा आयोजित २५औँ पर्सा दिवस समारोहका अवसरमा उहाँलाई सम्मान-पत्र प्रदान गरिएको हो।

सम्मान-पत्रमा लामो समयसम्म पर्सा जिल्लामा रहेर सञ्चार क्षेत्रको विकासमा समर्पित भई उल्लेखनीय तथा प्रशंसनीय योगदान पुर्‍याउँदै जिल्लाको गौरव अभिवृद्धि गर्नुभएको उल्लेख गरिएको छ।

पर्सा जिल्लाको सामाजिक, सांस्कृतिक तथा व्यावसायिक पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मान गर्ने उद्देश्यले आयोजित समारोहमा मिश्रलाई सम्मान गरिएको हो।

यस सम्मानले सञ्चार क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई थप जिम्मेवार, प्रेरित र उत्साहित बनाउनुका साथै जिल्लाको विकास तथा पहिचानका लागि योगदान पुर्‍याउने व्यक्तित्वहरूको कदर गर्ने परम्परालाई समेत प्रोत्साहन गर्ने विश्वास गरिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...