21 November ,2026,Saturday

ब्राइट कलेजका विद्यार्थीहरूद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

वीरगंज, ०५ मंसिर । सामाजिक सेवाको भावना र मानवताको सन्देश फैलाउने उद्देश्यले ब्राइट कलेजका Bright Students Club द्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

क्लबमा आबद्ध विद्यार्थीहरूले विपन्न, असहाय तथा भोकाएका व्यक्तिहरूलाई खाद्यान्न वितरण गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेका हुन्। विद्यार्थीहरूलाई पढाइसँगै सामाजिक सेवा, मानवीय सहयोग र समुदायप्रतिको जिम्मेवारीबोध गराउने उद्देश्यले कलेजले नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।यस अभियानमार्फत विद्यार्थीहरूमा सेवा, सहकार्य, नेतृत्व र मानवीय संवेदनाको भावना विकास हुने विश्वास कलेजले लिएको छ। क्लबले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

आयोजक: Bright Students Club, Bright College स्थान: ब्राइट कलेज, घण्टाघर, वीरगञ्ज–९, पर्सा (सीडीओ कार्यालय नजिक सानो सहयोग, ठूलो परिवर्तन मानव सेवामा विद्यार्थीहरूको निरन्तर प्रयास।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...