29 November ,2026,Sunday

बीपीएस +२ कलेजको ‘फ्रेसर्स फिएस्टा २०८३’ भव्य रूपमा सम्पन्न, विद्यार्थीले प्रस्तुत गरे विविध सांस्कृतिक कार्यक्रम

वीरगंंज, १२ मंसिर । वीरगंज महानगरपालिका–९, रानीघाटस्थित बीपीएस +२ कलेजद्वारा कक्षा ११ मा अध्ययनरत नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्ने उद्देश्यले आयोजित ‘फ्रेसर्स फिएस्टा २०८३’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

वीरगंजस्थित होटल भिष्वामा आयोजित उक्त कार्यक्रमको अध्यक्षता बीपीएस +२ कलेजका शैक्षिक निर्देशक दीपक पटेलले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।कार्यक्रममा कलेजका सञ्चालक समितिका सदस्य राजेन्द्र चौधरीले स्वागत मन्तव्य व्यक्त गर्दै नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुभएको थियो। उहाँले विद्यार्थीहरूको शैक्षिक, बौद्धिक तथा व्यक्तित्व विकासमा यस्ता कार्यक्रमले सकारात्मक भूमिका खेल्ने बताउनुभयो।

त्यसैगरी, कलेजका मानव संसाधन निर्देशक सन्दीप कुशवाहाले कलेजको शैक्षिक गतिविधि, उद्देश्य, भावी योजना तथा कार्यक्रमको महत्वबारे प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा कलेजका प्राचार्य प्रभात मेहता, अनिल वर्णवाल, हरिन्द्र कुशवाहा, विशेष द्विवेदी, दीपेन्द्र कानु, डा. उमेश चौरसिया, निर्मल ताम्राकार, रेश्मा पटेल, अंगद यादव, शुभम तुल्स्यान, आकाश पटेल, मनोरमा कर्ण, देवेश प्रसाद, मानवसेवा, लक्ष्मीकान्त साह , प्रभु साह , सुरेन्द्र चौहान , राहुल केवट,भोजपुरी गायक सुनिल पण्डित , राज शाह , सपना शर्मा ,लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।कार्यक्रमका क्रममा विद्यार्थीहरूले विभिन्न प्रकारका आकर्षक नृत्य, नाटक तथा मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको प्रतिभा, कला तथा सिर्जनात्मक क्षमता उजागर गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागी विद्यार्थीहरूले उत्साहपूर्वक आफ्ना प्रस्तुति दिएका थिए।

कार्यक्रम सञ्चालन कलेजका विद्यार्थीहरू सुधाञ्जली मेहता, इश्राना खातुन, चाँदनी चौरसिया, तेजा साह गोढ र आकाश यादवले गर्नुभएको थियो।

नवआगन्तुक विद्यार्थीहरूबीच आपसी परिचय, आत्मीयता, मित्रता तथा कलेजप्रतिको अपनत्व अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

फ्रेसर्स फिएस्टामार्फत विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलाप, सांस्कृतिक गतिविधि तथा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...