29 November ,2026,Sunday

छपकैया नेपाली समाजद्वारा निःशुल्क आँखा शिविर, १५१ जनाको परीक्षण गर्दा २९ जनामा मोतियाबिन्दु फेला

वीरगंज, १२ मंसिर । वीरगंज महानगरपालिका–२ छपकैयामा छपकैया नेपाली समाजको आयोजना तथा वीरगञ्ज सामुदायिक आँखा अस्पताल र तिलगंगा आँखा अस्पताल, काठमाडौँको सहयोगमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।

शिविरमा १५१ जनाले आँखा परीक्षण गराएका थिए। परीक्षणका क्रममा २९ जनामा मोतियाबिन्दुको समस्या फेला परेको कार्यक्रम संयोजक अजित भुजेलले जानकारी दिनुभयो।
मोतियाबिन्दु देखिएका बिरामीहरूको आजै निःशुल्क शल्यक्रिया गरिने वीरगञ्ज सामुदायिक आँखा अस्पतालका संयोजक महेश सिंह धामीले बताउनुभयो।

आर्थिक अभावका कारण आँखाको उपचारबाट वञ्चित नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ।छपकैया नेपाली समाजका अध्यक्ष धिरज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष महमद रेयाज मियाँ तेली रहनुभएको थियो।कार्यक्रममा वडा नम्बर २ का वडा सदस्यहरू अब्दुल लतिफ अन्सारी, बसिर मियाँ हजाम, संगीता थापा भुजेल, छपकैया नेपाली समाजका पदाधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सम्साद आलम, सन्नी गुप्ता, महमुदिन आलम, फैजुल्लाह मियाँलगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।यसैबीच, छपकैया नेपाली समाजले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै आगामी दिनमा पनि विभिन्न सामाजिक तथा जनहितकारी गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

समाजका सचिव अजित भुजेलले समाजले निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, सरसफाइ अभियान, जनचेतनामूलक कार्यक्रमलगायत समाजका हरेक सकारात्मक तथा सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउँदै सम्बन्धित संघसंस्था र सरोकारवालासँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो।

उहाँले समाजको मुख्य उद्देश्य स्थानीय समुदायको सुखदुःखमा साथ दिँदै स्वास्थ्य, सामाजिक एकता, सरसफाइ र जनचेतनाको क्षेत्रमा योगदान पुर्‍याउनु रहेको उल्लेख गर्नुभयो। समाजसेवा कुनै एक दिन वा एउटा कार्यक्रमका लागि मात्र नभई निरन्तर चलिरहने अभियान भएकाले आगामी दिनमा पनि समुदायको आवश्यकता र हितलाई प्राथमिकतामा राखेर विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ थियो।

छपकैया नेपाली समाजको यस पहलले स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्व र सामुदायिक सहकार्यको सकारात्मक सन्देशसमेत दिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...