सही खबर, सही समयमा

पर्साका सशस्त्र प्रहरी उपरीक्षक थपलियाको हृदयघात बाट निधन

ई-दैनिक जागरण
२०८० भाद्र ३, आईतवार १५:४३

२ भाद्र,२०८०

वीरगंज । सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको निधन भएको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका प्रमुख प्रहरी उपरीक्षक एसपी सुमन थपलियाको शनिबार निधन भएको हो ।

हृदयघात बाट एसपी थपलियाको मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । शनिबार विहान अचेत भएका थपलियालाई उपचारका लागि वीरगंज स्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा पुर्याउदा अस्पतालले मृत घोषणा गरेको प्र.जि.अ.रेग्मीले बताए ।

उनका अनुसार एसपी थपलिया शनिवार बिहान साईकलमा गढीमाई गएर आएपछि दिउँसो १ बजेको करिबमा हृदयाघात बाट मृत्यु भएको हो ।

साईक्लिङ्ग गरेर आएपछि एकछिन आराम गरेका थपलियाले आराम गरेकै ठाउँमा अचेत भएका थिए । उनको शव मेडिसिटी बयोधा अस्पतालमा नै राखिएको छ ।

नुवाकोट स्थायी घर भएका थपलिया सात महिना अघि मात्रै पर्साको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटरमा गणपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?