सही खबर, सही समयमा

दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटियो

ई-दैनिक जागरण
२०८१ मंसिर ३०, आईतवार २०:३६

सिरहा, ३० मंसिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइल मा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले एकसय ३० किलो गाँजा फेला पारेको छ ।

सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना.३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतिरबाट आएको बा.८ च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो । प्रहरीले खोजतलासका कारमा गाँजा फेला पारेको हो । कारका चालक फरार छन्भने ठक्कर दिने ट्रकका चालकलाई हिरासतमा लिइएको छ । रासस

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?