इटालीले अर्जेन्टिनाका राष्ट्रपतिलाई नागरिकता दिने
२०८१ मंसिर ३०, आईतवार २१:०७
काठमाडौँ, ३० मंसिर । इटालीले अर्जेन्टिनाका राष्ट्रपति जाभिएर मिलेइलाई देशको नागरिकता दिने घोषणा गरेको छ।
इटाली सरकारले अर्जेन्टिनाका राष्ट्रपति मिलेईलाई उनको इटालियन पूर्वजका कारण नागरिकता दिने घोषणा गरेको हो। यस निर्णयलाई लिएर इटली र अर्जेन्टिनाका विपक्षी दलहरुले विरोध गरेका छन्।
मिलेईका हजुरबुवा–हजुरआमा इटालीबाट अर्जेन्टिना बसाइँ सरेका थिए।
जर्जिया मेलोनीको नेतृत्वमा रहेको इटाली सरकारले उनको पैतृक सम्पत्तिका आधारमा नागरिकता दिएको हो। तर, इटालीका धेरै राजनीतिक दलहरूले यस निर्णयको आलोचना गरेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


