सही खबर, सही समयमा

बारा प्रहरीद्वारा ७१ लाखबढीको सामान राजस्वमा बुझायो

ई-दैनिक जागरण
२०८१ पुष २९, सोमबार २१:११
वीरगंज, २९ पुस । जिल्ला प्रहरी कार्यालय, बाराले ७१ लाख ७४ हजार बराबरको सामान राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको जनाएको छ । सोमवार बिहान इलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट प्र.ब.ना.नि. टेक बहादुर कार्कीको कमाण्डमा खटीएको प्रहरी टोलीले जिल्ला बारा जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा वीरगंजबाट रूपन्देही जाँदै गरेको प्र २–०३–००१ ख २८८८ नम्बरको ट्रक चेकजाँच गर्दा बिलबिजकभन्दा बढी सामानको स्रोत खुलाउन नसकेको रू. ७१ लाख ७४ हजार ५९१ बराबरको ट्रकमा लोड गरेको सामान नियन्त्रणमा लिएको हो । प्रहरीले सो ट्रकबाट औषधि, विद्युतीय ओभन, भाडाकुँडालगायत अन्य खुद्रा सामानहरू समेत ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाईको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको जिप्रका बाराका सूचना अधिकारी प्र.ना.उ.प्रकाश सापकोटाले जनाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?