दायाँपट्टि टाउको किन दुख्छ ?
वीरगंज, १६ माघ । टाउको दुखाइ एक सामान्य प्रकार को दुखाइ हो, जुन अवधि, आवृत्ति र असर गर्ने क्षेत्रको आधारमा फरक हुन सक्छन् ।
दायाँपट्टि टाउको दुखाइका केही कारणहरूः
१. न्यूरोलोजिकल अवस्था
केही न्यूरोलोजिकल अवस्थाले दायाँ पट्टिको टाउको दुखाइ निम्त्याउन सक्छनः
ओसिपिटल न्युराल्जिया: ओसिपिटल स्नायु, जुन मेरुदण्डको माथिल्लो भाग देखि टाउकोसम्म जान्छ, क्षतिग्रस्त हुँदा वा सुन्निदा यो अवस्था हुन्छ । यसले टाउकोको पछाडि र घाँटीमा चर्को खालको दुखाइ गराउँछ र उज्यालोमा संवेदनशीलता पनि गराउँछ ।
टेम्पोरल आर्टेराइटिस : टाउको र घाँटीका धमनीहरू सुन्निनु यो अवस्था को कारण हो । यसले टाउकोको एकातिर गम्भीर दुखाइका साथै मांस पेशी दुखाइ, थकान, जिउ दुखाइ, र कोमल कनपटी जस्ता लक्षण देखाउँछ ।
ट्राइजेमिनल न्युराल्जियाः ट्राइजेमिनल स्नायुमाथि बाधा आएर अनुहार र टाउकोमा चर्को दुखाइ हुन्छ। यसले प्रायः एकपटकमा एकतर्फ मात्र असर गर्छ ।
२. औषधि प्रयोग
केही औषधिहरूको साइड इफेक्टका कारण पनि टाउको दुख्ने गर्दछ। यस्तै, बढी औषधि प्रयोग गर्दा, जस्तैः एसिटामिनोफेन, एस्पिरिन वा आइबुप्रोफेन – औषधिजन्यले टाउको दुखाइ हुन सक्छ ।
यो प्रकारको टाउको दुखाइलाई मेडिकेसन ओभरयुज हेडेक भनिन्छ ।
यस्ता दुखाइ प्रायः बिहान उठ्नेबित्ति कै बढी पीडादायी हुन्छ ।
३. अन्य कारणहरू
दायाँपट्टि मात्र नभएर टाउकोभरि असर गर्ने अन्य कारणहरू पनि हुन सक्छनः
एलर्जी
धमनी प्वाल परेर सुन्निनु (एन्युरिज्म)
थकान
चोटपटक
सङ्क्रमण, जस्तै, साइनस सङ्क्रमण
रक्तचिनीको कमी
घाँटीको मांसपेशी डल्लो परेर दुख्ने
ट्युमर
कुन प्रकारको टाउको दुखाइले दाहिने पक्षलाई असर गर्छ ?
टाउको दुखाइका २०० भन्दा बढी प्रकारहरू छन् ।
केही प्राथमिक टाउको दुखाइ हुन्छ, जहाँ टाउको दुखाइ मुख्य लक्षण हुन्छ। केही भने अर्को कुनै रोगको लक्षणका रूपमा देखा पर्छन् ।
माइग्रेन वा क्लस्टर हेडेक प्रायः टाउकोको एकतर्फ हुने टाउको दुखाइका मुख्य कारण हुन् । केही व्यक्तिहरूमा टेन्सन हेडेकले पनि एक तर्फ दुख्न सक्दछ ।
माइग्रेन
माइग्रेन एक प्रकारको गम्भीर टाउको दुखाइ हो, जसले टाउकोमा मुटु धड्किए जस्तो ढुक–ढुक गरेर दुखाई गराउँछ ।
लक्षणहरूः दृष्टि धमिलो हुनु, वाक वाकी हुनु, उज्यालो र आवाजप्रति संवेदनशीलता हुनु ।
माइग्रेनका २५ प्रतिशत मानिसहरूमा टाउको दुख्नु अघि दृश्यमा समस्या हुने र केही क्षणलाई दृस्टी गुमाउने हुन सक्छ। लक्षणहरू ७२ घण्टासम्म वा उपचार नगरेको अवस्थामा बढी समयसम्म रहन सक्छ र दुखाइ सामान्यतया टाउकोको एकतर्फ मात्र हुन्छ ।
माइग्रेनलाई ट्रिगर गर्ने कारणहरूः
उज्यालो बत्तीहरू
मौसम परिवर्तन
मानसिक तनाव वा चिन्ता
खानेकुरा र पेय पदार्थहरू, जस्तै मदिरा, चोकलेट, पनीर र माछा
हर्मोनल परिवर्तन
ठूलो आवाज
खाना नखाँदा
तीव्र गन्ध
थकान
धेरै वा कम सुत्नु
प्रारम्भिक उपचार लक्षणहरूको लम्बाइ र गम्भीरता कम गराउन महत्वपूर्ण छ।
क्लस्टर हेडेक : यो दुर्लभ तर गम्भीर टाउको दुखाइ हो, जुन चक्रात्मक रूपमा हुन्छ। दुखाइ तीव्र हुन्छ र सामान्यतया एक आँखाको वरिपरि हुन्छ। यो टाउको र अनुहारका अन्य क्षेत्रहरूमा पनि फैलिन सक्छ, मुख्य गरी घाँटी र काँधमा ।
मानिसहरूले सामान्यतः हप्तौं वा महिनौंसम्म टाउको दुखाइका बारम्बार आक्रमणहरू अनुभव गर्छन्, जसपछि मात्र एक राहतको अवधि आउछ।
लक्षणहरूः आँखा रसाउने, रातो हुने, दुख्ने र सुन्निने, अनुहारमा पसिना आउने, छाला पहेँलो हुने, बेचैनी हुने र रुघाखोकी लाग्ने ।
पुरुषमा यो समस्या बढी देखिन्छ ।
टेन्सन हेडेक : टेन्सन हेडेक्स सबै भन्दा सामान्य प्रकारको टाउको दुखाइ हो, जसले लगभग १ मध्ये ५ व्यक्ति लाई असर पुर्याउँछ । केही व्यक्ति हरूलाई धेरै पुरानो टेन्सन प्रकारको टाउको दुखाइ हुन सक्छ, जहाँ मानिस हरूलाई हरेक महिना १५ दिनभन्दा बढी टाउको दुखाइ हुन्छ, जुन केही घण्टा सम्म रहन सक्छ वा बारम्बार आउँछ र जान्छ ।
यी सामान्यतया टाउकोको दुवै पक्षलाई असर पुर्याउँछन्, तर केही व्यक्तिहरूमा एकतर्फ मात्र लक्षण देखा पर्न सक्छ ।
लक्षणहरूः मध्य टाउको दुखिरहनु, कपालका जरा कमजोर हुनु, काँध र घाँटीको मांसपेशीमा दुखाइ वा कडापन महसुस हुनु, टाउकोको माथि, छेउ वा पछाडि पट्टि कसिलोपन र चाप हुनु ।
लक्षणहरू सामान्यतया केहि मिनेटदेखि केही घण्टासम्म रहन्छ र यसको गम्भीरता बिस्तारै हल्का देखि मध्यम हुँदै जान्छ ।
दायाँपट्टि टाउको दुखाइ सामान्य हुन सक्छ, तर बारम्बार वा गम्भीर अवस्थामा चिकित्सकसँग परामर्श गर्नु आवश्यक छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




