सही खबर, सही समयमा

चरेससहित तीनजना पक्राउ

ई-दैनिक जागरण
२०८१ फाल्गुन २५, आईतवार २०:५३
वीरगंज, २५ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले करीब ७ किलो लागु औषध चरेससहित ३ जना मानिस पक्राउ गरेको जनाएको छ ।
फागुन २४ गते राति ८ः३० बजेको समयमा प्रहरी चौकी भिष्वाडाँडा पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१५ ब्रहमचोकबाट जिल्ला बारा कलैया उप–महानगरपालिका वडा नं.२ भवानीपुर बस्ने वर्ष २३ को लडु राम, जिल्ला पर्सा विन्दवासिनी गाउँपालिका वडा नं.३ बस्ने वर्ष ३५ सरोज साह र वीरगंज महानगरपालिका वडा नं.११ बस्ने वर्ष २३ को रवि चौधरीलाई चरेससहित पक्राउ गरिएको जनाएको छ ।
ती व्यक्तिहरूले भाडामा लिइ बसेको घरकोठामा प्रहरीले खानतलासी गर्दा पहेंलो प्लाष्टिक भित्र लागु औषध चरेश जस्तो देखिने पदार्थ १५ पोकामा ६ के.जी. ५९० ग्राम फेला पारी बरामद लागु औषध सहित नियन्त्रणमा लिएको जिप्रका, पर्साले जनाएको छ ।
पक्राउ परेका तीनैजनामाथि औषध (नियन्त्रण) ऐन २०३३ बमोजिमको कसूरमा पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी गराएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?