सही खबर, सही समयमा

प्रदेश सरकारले पत्रकारिता क्षेत्रको प्रवद्र्धन गर्दैः मुख्यमन्त्री सिंह

ई-दैनिक जागरण
२०८१ फाल्गुन २७, मंगलवार १९:०३
बर्दिबास, २७ फागुन मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकार पत्रकारिता क्षेत्रको विकास र प्रवद्र्धनका लागि प्रतिबद्ध रहेको बताएका छन। मंगलवार बर्दिबासमा सञ्चारिका समूह नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशन उदघाटन गर्दै उनले सीमित स्रोतसाधन भए पनि पत्रकारिता क्षेत्रको उन्नयनका लागि सरकार प्रयत्नशील रहेको उल्लेख गरे। मुख्यमन्त्री सिंहले पत्रकारलाई समाजको ऐना भन्दै सत्यतथ्य सूचना प्रवाहले राज्यका निकायलाई आत्मसमीक्षा गर्ने अवसर प्राप्त हुने बताए। साथै, उनले पत्रकारिता पेशामा सबै पक्षको सहयोग आवश्यक रहेको र विशेषगरी महिला पत्रकारलाई टिकाइ राख्न राज्यका निकाय र सामाजिक संस्थाको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिए। उनले स्वास्थ्य, शिक्षा र रोजगारीका अवसरमा महिलाको पहुँच बढाउन प्रदेश सरकार लागिपरेको जानकारी गराए। पत्रकारहरूलाई निष्पक्ष रहन आग्रह गर्दै उनले राजनीतिक पूर्वाग्रहबाट मुक्त रही पेसागत धर्म निर्वाह गर्नुपर्ने अपिल गरे। उक्त अवसरमा सञ्चारिका समूह मधेस प्रदेशकी अध्यक्ष सुनिता बराल, केन्द्रीय सदस्य सरोला दाहाल, जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्ण, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक के.सी. लामिछाने, महासंघका मधेस प्रदेश अध्यक्ष श्याम वञ्जारा, उपाध्यक्ष अम्बिका दाहाल लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?