राष्ट्रिय परिचय पत्रको विवरण दर्ता पोखरियाबाट सुरु, सेवाग्राहीमा खुसीयाली
शैलेश गुप्ता,
पोखरिया, १५ बैशाख । पर्साको दोस्रो सदरमुकामको रुपमा रहेको पोखरिया नगरपालीका बाट आज देखी पोखरिया नगरपालीका सहित ४ गाउँपालीकाको लागी राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्ने कार्य सुरु भएको छ ।
राष्ट्रिय परिचय पत्रको विवरण दर्ता कार्य पोखरिया बाट सुरु भए पश्रचात ग्रामीण भेगका सेवा ग्राहीहरु खुसी भएका छन । पोखरियाबाट सेवालिन पुगेका पोखरिया लगाएत ४ पालीकाको सेवाग्राही नागरिकहरुले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता कार्यबाट खुसीहुदै घर फरकेकाछन । ग्रमिण भेगबाट सदरमुकाम जादा तिर्नु परेको चर्को सवारीको भाडा, लामो समय सम्म लाईनमा बस्नु पर्ने बाध्यता र बढी समय लागने कार्यबाट छुटकारा भएको सेवा ग्राहीहरुले बताएका छन ।
यो कार्य सराहनिय रहेको र चाँडै जिल्ला प्रसासन कार्यालयको शाखा पोखरियामा स्थापना गराउन पोखरियाका नगरपालीकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहानसित आग्रह गर्दै सेवा ग्राहीहरुले धन्यवाद दिएका हुन । सेवा ग्राहीहरुको कुरा पश्रचात नगर प्रमुखले सदरमुकाम स्थित रहेका जिल्ला प्रसासन कार्यालयको शाखा सहित विभिन्न कार्यालयहरुको शाखा पोखरियामा चाँडै स्थापना हुने आस्वासन दिएका हुन ।
पोखरिया नगरपालीका स्थित रहेका जुन सुकै कार्यालयको सेवा प्रवाहमा सेवाग्राहीले समयमा सेवा नपाउदा आफुलाई जानकारी गराउन आग्रह पनी गरेका हुन ।
जिल्ला प्रसासन कार्यालय पर्साको २०८२ – ०१ – १२ गतेको निर्णय अनुसार २०८२ – ०१ – १४ गते देखी जिल्लाको ४ स्टेशनबाट राष्ट्रिय परिचय पत्रको विवरण दर्ता सँकलन कार्य सुरुगरिने तोकिएको स्टेशनहरु मध्ये पोखरिया नगरपालीका बाट, पोखरिया लगाएत पकाहामैनपुर गाउँपालीका, कालिकामाई गाउँपालीका, छिपहरमाई गाउँपालीका, धोविनी गाउँपालीकाको राष्ट्रिय परिचय पत्रको लागी विवरण दर्ता कार्य सुरु भएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




