सही खबर, सही समयमा

लीडरशिप डेभलपमेन्ट इन्स्टिच्युट अफ नेपालको वीरगंजमा उध्दघाटन

ई-दैनिक जागरण
२०८२ बैशाख २०, शनिबार १३:४७

आनन्द साह वीरगंज, २० बैशाख । लिडरशिप डेभलपमेन्ट इन्स्टिच्युट अफ नेपाल (एलडीआई) नेपालको औपचारिक उध्दघाटन २ मे २०२५ वीरगंजमा एक भव्य समारोहबीच सम्पन्न भएको छ । यो संस्थाको स्थापना नेपाली उद्योग तथा संगठनहरूलाई मानव संसाधन सेवाको माध्यमबाट सशक्त बनाउनका लागि गरिएको हो।

(एलडीआई) नेपालका प्रमुख कार्यकारी अधिकृत (CEO) तथा मानव संसाधन परामर्शदाता (HR Consultant) अनिल जयसवालले कार्यक्रममा बोल्दै संस्थाको उद्देश्य प्रस्तुत गर्नुभयो। उहाँले भन्नुभयो, “ (एलडीआई) नेपालको स्थापना उद्योग तथा संगठनहरूलाई दक्ष मानव संसाधन सेवा प्रदान गरेर सशक्त बनाउने लक्ष्यका साथ गरिएको हो। यस संस्थाले उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानमा नियुक्त गर्ने उद्देश्यमा सहयोग पुर्‍याउने गरी भर्ना, हेड हन्टिङ, तालिम, अन्तरवार्ता तथा स्क्रिनिङ सहयोग लगायतका सेवा प्रदान गर्नेछ।” (एलडीआई) नेपालद्वारा प्रदान गरिने प्रमुख सेवाहरूमा भर्ना तथा आउटसोर्सिङ, नेतृत्व विकास कार्यक्रम, व्यवसाय परामर्श, श्रम तथा मानव संसाधन अडिट, व्यावसायजन्य सुरक्षा तथा स्वास्थ्य (OSH) लगायतका सेवा समावेश छन्। यी सेवा नेपालभरका उत्पादन, सेवा, कर्पोरेट, ट्रेडिङजस्ता विभिन्न उद्योगहरूका आवश्यकता अनुसार उपलब्ध गराइनेछ। (एलडीआई) नेपालको टोली अनुभवी तथा दक्ष विशेषज्ञहरूसँग सुसज्जित रहेको जानकारी दिइयो।

उध्दघाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी रहेका थिए भने विशिष्ट अतिथिहरूको रुपमा पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रा, पर्सा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश खनाल, वीरगंज उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष अनिल कुमार अग्रवाल, वीरगंज उद्योग वाणिज्य संघ पुर्व अध्यक्ष गोपाल केडिया, वीरगंज उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष माधव राजपाल, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, जीतपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, जीतपुर सिमरा उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष सजय साह, एपेक्स फर्मास्युटिकल्स म्यानेजिङ डाइरेक्टर विनय काबरा, वरिष्ठ पत्रकार तथा समाजसेबि जगदीश प्रसाद शर्मा, मधेश विश्वविद्यालय डिन डा.अञ्जय मिश्र, हेटौंडाका व्यवसायीहरु धिरज कार्की, प्रकाश ढकाल, रामप्रसाद शर्मा, शालीमार ग्रुपका निर्देशक हेमन्त बैद, लिओ बारा ग्यास उद्योगका निर्देशक निर्मल खत्री, उत्कर्स नेपालका अध्यक्ष रितु राज, वीरगंज युवा समाजका पुर्व अध्यक्ष कमल चौगाई, नेपाल भारत चेम्बर अफ कमर्स वीरगंजका अध्यक्ष अभिषेक चौधरी साथै, विभिन्न क्षेत्रका उद्योगपति, बैंकर्स, वरिष्ठ व्यवसायिक व्यक्ततित्वहरु, समाजसेवी तथा युवा व्यक्तित्वहरु कार्यक्रममा सहभागिता जनाउँदै (एलडीआई) नेपाललाई महत्वपूर्ण सुझाव र समर्थन प्रदान गरे।

यस उद्घाटन कार्यक्रमले मधेश प्रदेशमा मानव संसाधन व्यवस्थापन तथा नेतृत्व विकासमा नयाँ अध्यायको सुरुवात गरेको छ, जुन नेपालको औद्योगिक तथा व्यवसायिक विकासलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?