दुई युवतीलाई भारत लैजाने युवक सीमा नाकाबाट पक्राउ
२०८२ बैशाख २४, बुधबार २०:२५
वीरगंज, २४ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको एक जना युवकलाई पक्राउ गरेको छ । वैशाख २२ गते ६ः३० बजे वीरगंज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेट सडकखण्डमा प्रहरी चौकी ईनर्वाले चेकजाँच गर्ने क्रममा नेपालबाट भारत जाँदै गरेका २ जना युवती र एकजना युवकलाई रोकी आफन्त नेपालका कर्मचारी समेतको उपस्थितिमा सोधपुछ गर्दा शंकास्पद देखिएपछि नियन्त्रणमा लिएको जिप्रका, पर्साले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा युवतीहरूको साथैमा रहेका जिल्ला धादिङ गल्छी गाउँपालिका वडा नं.२ बस्ने वर्ष २४ को रोजन भुजेलले हेटौडा तथा वीरगंजको कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाईदिने भनि प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारत लैजाँदै गरेको प्रहरीको दावी छ ।
प्रहरीले रोजन भुजेललाई नियन्त्रणमा लिइ मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी गराएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?