सही खबर, सही समयमा

छाला बारम्बार सुख्खा भए के गर्ने ?

ई-दैनिक जागरण
२०८२ बैशाख २५, बिहीबार १७:१६

एजेन्सी, वैशाख २५ ।  जाडो होस् या गर्मी छाला सुख्खा हुने समस्या हामीमध्ये धेरैले भोग्नु परेको हुन्छ । मोइस्चर कम हुँदा छाला रुखो र नराम्रो देखिन थाल्छ । कति पटक हामीले महङ्गो मोइस्चराइजर र स्किन केयर प्रयोग गर्दा पनि छाला ड्राइ हुने समस्या कायमै रहन्छ ।

यदि तपाईं पनि बारम्बार छाला ड्राइहुने समस्यामा हुनुहुन्छ भने केही सजिला उपायहरू अपनाएर आफ्नो छालालाई नरम बनाउन सक्नुहुन्छ । यसबारे विस्तारमा जानौँ –

हाइड्रेटेड रहनुहोस्

छालाको मोइस्चर कायम राख्नको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईं शरीर भित्रबाट हाइड्रेटेड रहनुपर्छ । त्यसैले दिनभरिमा ८–१० गिलास पानी अवश्य पिउनुहोस् । यसले शरीरका विषाक्त पदार्थहरू बाहिर निकाल्छ र छालालाई हाइड्रेटेड राख्छ ।

यसबाहेक नरिवलको पानी, ताजा फलफूलको रस र हर्बल चिया आफ्नो आहारमा समावेश गर्नुहोस्, जसले छालालाई प्राकृतिक रूपमा मोइस्चर कायम राख्न मद्दत मिल्छ ।

मसाज गर्ने

सुख्खा छालाको लागि नरिवलको तेल र बदामको तेल धेरै फाइदाजनक हुन्छ । नुहाउनु अघि ५–१० मिनेट नरिवलको तेल र बदामको तेलले अनुहार र शरीरको मसाज गर्नुहोस् । यसले छालाको मोइस्चर कायम राख्छ र छालालाई ड्राइ हुनबाट जोगाउँछ ।

हल्का र प्राकृतिक मोइस्चराइ जरको प्रयोग गर्ने

धेरै पटक हामीले कडा रसायन युक्त स्किन केयर प्रयोग गर्छौँ, जसले छालालाई अझ बढी ड्राइ बनाउँछ । त्यसैले सधैँ हल्का र प्राकृतिक मोइ स्चराइजर प्रयोग गर्नुहोस् । एलोभेरा जेल, शिया बटर, ग्लिसरिन र दूधबाट बनेका मोइस्चराइजरहरू सुख्खा छाला को लागि राम्रो हुन्छ ।

तातो पानीले ननुहाउने

तातो पानीले नुहाउँदा छालाको प्राकृतिक मोइस्चर तह हट्छ र छाला ड्राइ हुन थाल्छ । त्यसैले मनतातो पानीले नुहाउनुहोस् र नुहाएपछि तुरुन्तै बडी लोसन वा तेल लगाउनुहोस्, ताकि यसले शरीरमा मोइस्चर कायम राख्नेछ ।

सही डाइट खानुहोस्

हाम्रो छालाको स्वास्थ्य हाम्रो खानामा पनि निर्भर गर्दछ । सुख्खा छालाबाट बच्नको लागि भिटामिन ई र ओमेगा–३ फ्याटी एसिडले भरिपूर्ण आहार लिनुहोस् । बदाम, ओखर, आलस, एभोकाडो र जैतुनको तेलले छालालाई भित्रबाट मोइस्चर दिन मद्दत गर्छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?