सही खबर, सही समयमा

जन्माष्टमीको अवसरमा रक्तदान कार्यक्रम

ई-दैनिक जागरण
२०८२ श्रावण ३१, शनिबार १३:४६
वीरगंज, ३१ साउन । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा श्री कृष्ण प्रणामी युवा परिषद्, पर्साद्वारा आयोजित वृहत रक्तदान कार्यक्रम वीरगंज–भिश्वास्थित श्री कृष्ण प्रणामी मन्दिर प्राङ्गणमा सम्पन्न भएको छ। कार्यक्रममा ७ जना महिलासहित ३५ जना दाताहरूले रक्तदान गरेका थिए । कार्यक्रमको अध्यक्षता परिषद् पर्साका अध्यक्ष योगेश यादवले गरेका थिए । कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रा, नायब उपरीक्षक किशोर लम्साल, नन्द किशोर साह, राहुल रौनियार, सन्जय अग्रवाल, बृज किशोर पटेल, घनश्याम दाहाल, अल्का बजगाइँ, लक्ष्मी दाहाल, राजेन्द्र भट्टराई, दिपक पोख्रेल, जयप्रकाश बजगाईलगायतका उपस्थिति थियो। कार्यक्रम सञ्चालन परिषद्का सचिव नरोत्तम पाण्डेले गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?