सही खबर, सही समयमा

भूमि विधेयकविरूद्ध जसपाद्वारा प्रदर्शन

ई-दैनिक जागरण
२०८२ भाद्र १८, बुधबार २१:१५
वीरगंज, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्साले बुधवार भूमि विधेयकको विरोधमा वीरगंजमा प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरुले भूमि विधेयकलाई राष्ट्रघाती भन्दै खारेजीको माग गरेका छन् । यो विधेयकले मधेश प्रदेशको अधिकार कटौती गर्ने, भूमिहीन तथा सुकुम्बासीहरूलाई थप समस्यामा पार्ने र मधेशको राजनीतिक मुद्दालाई बेवास्ता गरेको आरोप लगाएको छ । प्रदर्शनका क्रममा सहभागीहरूले ‘राष्ट्रियघाती भूमि विधेयक खारेज गर’ र ‘सरकार मुर्दावाद’ जस्ता नारा लगाएका थिए। उनीहरूले तत्काल विधेयक फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन। जसपा पर्सा अध्यक्ष रामनरेश यादवको नेतृत्वमा भएको प्रदर्शनमा शशी कपुर मियाँँ, सिंहासन साह कलवार, करिमा बेगम लगायतको सहभागीता रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?