वीरगंजमा विद्यालय स्तरीय फुटबल प्रतियोगिता सम्पन्न, भू. पु. सैनिक स्कुल पहिलो एवं दोस्रो स्थान बिकन मा.वि. ले हात पारे
अभिलाष गुप्ता
वीरगंज, ६ असोज । नेपाल फुटबल संघ (ANFA) पर्सा द्वारा आयोजित १४ वर्ष मुनिका विद्यार्थीहरूको विद्यालय स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल आज आर्दशनगर रंगशाला, बिरगंजमा भव्य रूपमा सम्पन्न भयो।
यो प्रतियोगितामा बिरगंजका ११ वटा प्रतिष्ठित विद्यालयहरू डी.पी.एस, गौतम, बिकन, कावेरी, मूनलाइट, सफल एकेडेमी, लिटिल फ्लावर, जीवन ज्योति, मेरीगोल्ड, साउथ जोन र अन्य विद्यालयहरूले सहभागिता जनाएका थिए।

आज सम्पन्न फाइनल खेलमा भू.पु. सैनिक स्कुल, बडनिहारले उत्कृष्ट खेल प्रदर्शन गर्दै २—० गोलको विजय हासिल गर्दै प्रतियोगिताको पहिलो स्थान प्राप्त गर्यो। उपविजेता बनेको बिकन मा।वि।, बिरगंज ले पनि उल्लेखनीय प्रदर्शन गर्दै दर्शकहरूको प्रशंसा बटुलेको थियो।
प्रतियोगिताको उद्देश्य स्थानीय स्तरमा फुटबल प्रतिभा विकास गर्नु र विद्यार्थीहरूलाई खेलकुदमा सक्रिय सहभागिता गराउने रहेको आयोजक संघले जानकारी दिएको छ।
फाइनल खेलको समापन कार्यक्रमको अवसरमा विजेता र उपविजेता टोलीलाई ट्रफी, प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, अभिभावक र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




