सही खबर, सही समयमा

हैजा रोग माहामारी बिरुद्धको खोप पोखरियामा मेयर चौहानलाई खुआई स्वास्थ्य कर्मीद्वारा संचालन

ई-दैनिक जागरण
२०८२ आश्विन २६, आईतवार २१:३०

शैलेश गुप्ता

पोखरिया, २६ असोज । पर्सा र बारा जिल्लामा फैलिएको हैजा रोगको माहामारीको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालयले हैजा रोगको माहामारी बिरुद्ध प्रतिकार्य खोप अभियान आईतबार देखि पर्साको पोखरिया नगरपालिकामा नगर प्रमुख चौहानलाई खुवायर स्वास्थय कर्मीहरुले संचालन गरेका छन।

पोखरिया नगर प्रमुख प्रधुमन चौहानले आफ़ै खोपको औषधी खाएर सुरुवात गरेका हुन। नगरप्रमुख चौहानले भने नगरभित्रका १ वर्ष माथीका एक जना मानिसहरु हैजा रोग बिरुद्ध खोप लिनबाट बंचित नरहोस भन्दै जोडदिनु भएका छन।

हैजा रोग बिरुद्धको खोप वडा नं ४ वडाअध्यक्ष लक्ष्मण साह कानु ,प्रमुख प्रसाशकिय अधिकृत राम बिनय सिंहले ओषधी खानु भएको थियोे ।हैजा रोग बिरुद्ध खोप को पहिलो दिन पोखरिया नगरपालिकाका १० वटैवडामा ४ हजार ८ सय ७६ जनाले खोप थोपा खाएको पोखरिया नगरपालिकाका स्वास्थ्य शाखा सहायक शिव सिंह पटेलले जनाएका छन।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?